
झापा, २० कात्तिक । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर–६ स्थित मेचिपुलमा खैरो हेरोइनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
आज साँझ ५:३० बजे भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको भाडाको सिटी सफारीमा सवार झापा दमक नगरपालिका–५ निवासी ३१ वर्षीय राजु श्रेष्ठलाई शंका लागी चेकजाँच गर्दा लागुऔषध जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठको साथबाट प्लास्टिकसहित ५६ ग्राम ५२० मिलिग्राम र प्लास्टिकबाहेक ४५ ग्राम ९३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। बरामद लागुऔषधसहित श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

