
दमक, २८ मङ्सिर । झापाको दमकबाट लागुऔषध खैरो हेराइनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार साँझ करिब ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ नारायण टोल निवासी ३१ वर्षीय रणबहादुर मगरलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले मगरको घर तथा शरीर तलासी गर्दा कोठाभित्र रहेको हेलमेटमा प्लास्टिकमा पोका पारी लुकाइ राखिएको अवस्थामा खैरो हेरोईन २ ग्राम २२० मिलिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। साथै, उनको साथबाट नगद रु. २१ हजार ५०० र एक थान मोबाइल फोन पनि फेला परेको छ।
बरामद सामग्रीसहित मगरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

