
वीरगञ्ज, ४ वैशाख । स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा क्वारेन्टाइनका शंकास्पद व्यक्ति भागे प्रहरीले पहिला ‘सामान्य बल’ प्रयोग गर्नेछन् ।

त्यति हुँदा पनि नियन्त्रणमा नआए गोलीसमेत चलाउन सक्ने निर्णय गरिएको उनले बताए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
