
बिर्तामोड, १० असार । झापामा आज ५ वर्षदेखि ६५ वर्षसम्मका ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार यसको पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार मेचीनगरका १० र शिवसताक्षीका १ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा पाँच वर्षीय बालकदेखि ६५ वर्षीय बृद्धसम्म छन् । उनीहरु सबै क्वारेन्टाइनमा बसेका थिए । नयाँ थपिएकासँगै झापामा कोरोना भाइरस संक्रमितको संख्या २१६ पुगेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

