
बिर्तामोड, २७ असार । केही दिनदेखिको निरन्तरको वर्षाले झापामा कटान, बाढी र विस्थापित हुन थालेका छन् ।
कनकाई नदीमा आएको बाढी शिवसताक्षी–१० को सुकुम्बासी बस्तीमा तीन घर विस्थापित भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । कनकाई नदीले तीव्र रुपमा जमिन कटान गरिरहेको छ । त्यस्तै, मेचीनगर–७ मा निन्दाखोलाले मलामी घर कटान गरिरहेको छ ।

निरन्तरको वर्षाका कारण झापाको मेची नदी, टाङ्टिङ, रतुवा, बिरिङ, कमल, बनियानी लगायतका खोला तथा नदीमा पानीको बहाब बढेको छ । बहाव बढेसँगै बाढी र कटानको जोखिम समेत बढ्दै गएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

