
बुधबारे, २७ असार । बुधबारे जेसीजलाई नि:शुल्क जग्गा उपलब्ध गराउनु हुने बुद्धशान्ति(१ का ज्ञानेन्द्रप्रसाद घिमिरेको परिवारलाई आज बुधबारे जेसीजद्वारा एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
ज्ञानेन्द्रप्रसाद घिमिरेले आफ्नी स्वर्गीय आमा छ्लीमाया घिमिरेको स्मृतिमा बुधबारे जेसीजलाई निशुल्क जग्गा उपलब्ध गराउनु भएको थियो । ज्ञानेन्द्रप्रसाद घिमिरे नमूना आधारभूत बिद्यालय बुद्धशान्ति ( १ का प्रधानाध्यापक हुनुहुन्छ । उहाँकी आमा छ्लीमायाको विस २०५८ सालमा निधन भएको थियो ।

बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति १ का वार्ड अध्यक्ष भिमकुमार नेवारको प्रमुख अतिथ्यतामा रहेकोे थियो ।
बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी सेमन्त पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जग्गादाता ज्ञानेन्द्र प्रसाद घिमिरे, संस्थापक अध्यक्ष जेसी प्रकाश सिवाकोटी, प्रमुख अतिथि नेवार लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथि नेवारले जग्गादातालाई धन्यवाद दिँदै भवन बनाउने कुरामा आफ्नो र वार्डको सदैब साथ रहने बताउनु भयो । जग्गादाता ज्ञानेन्द्रप्रसाद घिमिरेले भाबुक हुँदै स्वर्गीय आमाको नाममा बुधबारे जेसीजलाई जग्गा दिँदा परिवारलाई नै गर्व लागेको बताउनु भयो ।
संस्थापक अध्यक्ष जेसी प्रकाश शिवाकोटीले जग्गादातालाई धन्यवाद दिँदै युवाहरूका लागि जग्गादाता परिवारले अमुल्य योगदान गरेको बताउनु भयो । उहाँले भवन निर्माण कार्य चाँडै शुरू गरिने पनि बताउनु भयो ।
सचिव जेसी अनिल वाग्लेले संचालन गर्नुभएको कार्यक्रममा जग्गादाता परिवारबाट स्वर्गीय आमा छ्लीमाया घिमिरेकी बुहारी टीका घिमिरे, नाति अनिल घिमिरे, बुहारी मिना रिमाल घिमिरे, नाति अर्जुन घिमिरेको आतिथ्यता थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष जेसी फडिन्द्र चापागाईं, पूर्व अध्यक्ष जेसी रमेश बराल, पूर्व अध्यक्ष जेसी प्रकाश भण्डारी, निवतमान अध्यक्ष जेसी हेमन्तराज बराल, उपाध्यक्ष जेसी सुजित बराल, पिआरओ जेसी चन्द वाग्ले, जेसी अर्जुन ढकाल, एलिन तिम्सिना लगायतको उपस्तिथि थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

