विराटनगर, २७ भदौ । मोरङको बुढीगंगा गाउँपालिकाकी एक महिलाले आफ्ना नाबालक दुई छोरालाई झुन्ड्याएर सोमबार बिहान आत्महत्या गरेकी छन् ।
बुढीगंगा–२ अमाहीकी २९ वर्षीया कविता यादवले छोराहरू १० वर्षीय निशान यादव र ५ वर्षीय अमन यादवलाई झुन्ड्याएर आफूले आत्महत्या गरेकी हुन् । दुबै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि कविताले घरको बलोमा डोरीको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
बिहान ६ बजेतिर सुरुमा दुबै छोरालाई डोरीले झुन्ड्याएपछि उनी झुन्डिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरी घटनास्थलमा पुग्दा बिहान साढे १० बजे कान्छो छोरा अमन र आमाको शव घरको बलोमा झुन्डिएको अवस्थामा फेला परेको थियो भने जेठो छोरा निशानलाई झुन्ड्याएको डोरी भने छिनेको कारण उनी जिवितै थिए।
कवितासँग केही समयदेखि भारतको फारवेशगन्ज घर र विराटनगरमा काम गर्दै आएको बताउँने रामदेव झा बस्दै आएका थिए। स्थानीयका अनुसार उनीसँग विवाह गरेको कविताले बताउँने गरेकी थिइन्। स्थानीय बासिन्दाले आइतबार राति कविता र रामदेवबीच झगडा भएको सुनेका थिए।
विहान घटनापछि प्रहरी पुग्दा भने रामदेव थिएनन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उपचारको क्रममा रहेका निशानले आमाले सुरुमा भाइ र आफूलाई डोरीले घाँटीमा बाँधेर झुन्ड्याएपछि आफूले पनि डोरी लगाएर झुन्डिएको प्रहरीलाई वयान दिएको मोरङ प्रहरीले जनाएको छ।
उपचाररत बालकको शरीरका विभिन्न भागमा कुटपिट गरेको निलडाम र चोटपटक छ। उनले आफूलाई बुवाले राति कुटपिट गरेको बताएका छन्। आमा र नावालक छोराको शव पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ। शवको पोष्मार्टमपछि पनि घटनाका बारेमा धेरै कुरा खुल्ने प्रहरीले जनाएको छ। थाहा खबरबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।