झापा, २९ माघ । सुनसरीको इनरुवा नगरपालिका–४ बाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ ।
चेकजाँचको क्रममा आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य बिरपपुर–५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई माघ २८ गते दिउँसो पक्राउ गरेको हो ।
BR 11 X 3429 नम्बरको स्कारपियो गाडीमा सवार रहेका साफीलाई रोकेर चेकजाँच गर्ने क्रममा गाडी भित्र विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट रू एक करोड बयासी लाख एकाउन्न हजार बराबरको अठार हजार दुई सय एकाउन्न थान बरामद भएको थियो ।
ठुलो परिमाणमा नेपाली नक्कली नोट बरामद भएसँगै गाडीसहित चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।