सुनसरी, २९ माघ । सुनसरीको धरान उप–महानगरपालिका–१३ जिरोप्वाइन्टबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट अमरहाट धरानबाट आइतबार बिहान खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको द्यच्ज्ञण्एढज्ञछद्ध र ःएज्ञठत्ब्ण्छज्ञद्द नम्बरको दुई वटा बलेरो गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा दुई वटा गाडीबाट १ सय ४९ केजी गाँजा बरामद भएको थियो ।
गाँजा बरामद भएसगै ओसार–पसारमा संलग्न रहेका चालकहरु भारत बिहारका ३१ बर्षीय मनोरन्जन मुइमार, ३९ वर्षीया गोपी मण्डल र गाडीमा सवार रहेका २३ वर्षीय संजय कुमार मण्डल, ३५ बर्षीया रेखा देवी, ३५ बर्षीया रिङ्की देवी, ३५ बर्षीया दया मण्डल, ३७ बर्षीय राजेश मण्डल, ४० बर्षीया पुनम देवी र २४ बर्षीया गुडिया देवीलाई समेत पक्राउ गरेको हो ।
पक्राउ गरेसंगै उक्त घटनामा BR10AJ4486 नम्बरको कार चालक भारत बिहारका २३ बर्षीय सन्तोष साह, कारमा सवार २३ बर्षीय अंकित कुमार यादव, राजा जैसवाल, शिवम् सिंह र सत्यम यादवको संलग्नता रहेको पाईएकोले उनीहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद गरेको लागुऔषध गाँजा, सवारी साधन र पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।