
झापा, ५ साउन । झापाको शिवसताक्षी नगरपालिकाबाट प्रहरीले अवैध काठसहित पिकअप नियन्त्रणमा लिएको छ ।
गएराति अस्थायी प्रहरी चौकी माईधारको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला झापा शिवसताक्षी–१० टेक्रा स्थित कन्काई माई खोला बगरमा मे १ च ६२३६ नं को पिकअप भ्यानमा सखुवा जातको चिरान काठ ५२ क्युफिट बरामद गरेको हो ।
काठको मूल्य करिब १ लाख ५६ हजार रुपैयाँ रहेको छ । गाडीसहित उक्त काठलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गैडे सामुदायिक बन उपभोक्त समितिको जिम्मा बुझाइएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।