
झापा, १३ साउन । श्रीलंका पहिलोपटक एसीसी महिला एसिया कप च्याम्पियन बनेको छ ।
फाइनलमा भारतविरुद्ध आठ विकेटको जित निकाल्दै श्रीलंका च्याम्पियन बनेको हो । आइतबार दमुल्लामा भएको खेलमा भारतले प्रस्तुत गरेको १६६ रनको लक्ष्य घरेलु टिम श्रीलंकाले १८.४ ओभरमा पूरा गरेको थियो ।

महिला एसिया कपको इतिहासमा प्रतियोगिताको सबैभन्दा सफल टिम भारतले सातपटक उपाधि जितेको छ । यस्तै, बंगलादेश एकपटक च्याम्पियन बनेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
