काठमाण्डौ, १५ साउन । भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल पाल्लिखेलेमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको छ ।
पहिलो खेलमा ४३ रनले पराजित घरेलुु टोली अस्ति भएको दोस्रो खेलमा डकवर्थ लुइस नियमका आधारमा सात विकेटले पराजित भएको थियो ।
दुई देशबीच टी–२० शृङ्खलापछि तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । पहिलो एकदिवसीय खेल पर्सि शुक्रवार, दोस्रो आइतवार र तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधवार हुनेछ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।