कनकाई, १७ साउन । झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ।
आजदेखि बैंकको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । शाखाको बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले लगायतले उद्घाटन गर्नुभएको छ।
कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई-७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई-८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा, नवयुग शिक्षा निकेतनका राजन कार्की, पूर्व शिक्षक अनिरुद्र ओली, महिला उद्यमी सरला पोखरेल, भृकुटी माविका पूर्व अध्यक्ष बालकृष्ण सिटौला, ले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । वक्ताहरूले दुर्गापुर शाखाले यहाँको जनजिविका उकास्नु मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
ग्राहकले बचत गरेको पैसा डुब्न नदिने बैंक का अध्यक्ष सिटौलाले बताउनुभयो । उहाँले पैसा जम्मा गर्न अनरोध गर्नु भयो । पैसालाई संरक्षण र भ्यालु सिर्जना गर्ने काममा लगाइने उहाँले बताउनुभयो ।
बैंकका कोशी प्रदेश व्यापार अधिकृत बद्रीकुमार कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बैंकका शाखा प्रमुख शिशिर घिमिरे र सञ्चालन बैंकका कोशी प्रदेश प्रमुख दिपक पौडेलले गर्नुभएको थियो ।
झापामा काँकरभिट्टा, दमक, भद्रपुर, बिर्तामोडपछि पाँचौं शाखाको रूपमा दुर्गापुर शाखा सञ्चालनमा आएको शाखा प्रमुख शिशिर घिमेरे बताउनुभयो । आज उद्घाटनकै दिन २७० बढी खाता खोल्न लागिएको उहाँले बताउनुभयो । यसक्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

