
झापा, १७ साउन । झापाको मेचीनगर नगरपालिकाबाट खैरो हेरोइनसहित बिर्तामोडका एक युवा पक्राउ परेका छन् ।
आज दिउँसो मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–१० का ३४ वर्षीय बिशाल गुरुङलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–०१७ प ५८६ नम्बरको स्टुकर रोकी चालक गुरुङलाई लागी चेकजाँच गर्दा खैनीको प्याकेट भित्र प्लाष्टिकले पोका पारेर लुकाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लाष्टिकसहित १ ग्राम ३८० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम ७० मिलिग्राम फेला परेकोले स्कुटरसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।