
झापा, १७ साउन । झापाको शिवसताक्षी नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
बिहीबार राति शिवसताक्षी नगरपालिका–८ रत्न चौकका २४ वर्षीय फुर्वा तामाङले आफ्नै घरमा लागुऔषध ब्राउनसुगर बेचबिखन गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिई शरिर खानतलासी लिँदा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित १ ग्राम ५६० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम फेला परेकोले इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याई राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।