झापा, २९ साउन । पहाडी भेगमा वर्षा सँगै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३० वटा ढोका खुला गरिएको छ ।
मङ्गलवार दिउँसो २ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव २ लाख १९ हजार ११५ क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ । कोशी ब्यारेजमा अहिले खतराको सङ्केतको रातो बत्ती बालिएको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।