शालिक भट्टराइ अन्तरे
गाउँमा पाँचबर्ष अघि खुलेको सहकारीको साधारण सभा हुने टुङ्गो भएपछि सहकारीका सदस्य रहेका चिम्से, सान्ने लगायतले उजेलीका बा र दानावोटे लगायतलाई साथै लिएर त्यो सभामा गए । सहकारी संस्थाको जसै साधारण सभा शुरु भयो । विभिन्न संस्थासँग सम्बन्धित झण्डै पचास जति मानिसलाई मञ्चमा आसन ग्रहण गराईयो । सहकारीको प्रतिवेदन पढियो । आयव्ययको हिसाब पढियो । त्यसपछि भएका भाषणमा सबै बक्ताले सहकारीलाई एसोगर्ने उसोगर्ने बताए । कार्यक्रमको बिचमा टिम्मुरबोटे कान्छोलाई असल ऋणि भनेर एउटा खास्टो ओढाइदिए । बिचरा कान्छाको दुईहलको मेलो भएको बारी लिलाम हुने अवस्थामा पुगेको अवस्था छ । कान्छो अबिर घसेको रातो अनुहारमा धमिलो पोतेर फिस्स हाँस्दै मञ्चबाट ओर्लियो ।
यस्तै, एकदिन उजेलीका बा, दानाबोटे, चिम्से, सान्ने लगायतका उमेर छिप्पिएका बुढाहरु पिपलबोट मुनी चौतारामा भेला भए । उनीहरुले मुलुकका नागरिकले भोक, रोग र शोक अनाहकमा बोक्नु परेकोमा चिन्ता प्रकट गरे । हिजोआज सहकारी संस्था, आमा समूह, वन समूह, भजन समूह, कृषक समूह, जनवर्गिय समूह, सामाजिक समूह, आर्थिक समूह, पर्यटन समूह, होटेल समूह, गाडि सञ्चालक समूह, निमार्ण समूह, खुद्रा व्यापार समूह, इन्जिनियर समूह, डाक्टर समूह, कर्मचारी समूह, वकिल समूह, रङ्ग समूह, रङ्गकर्मी समूह लगायत सबै समूह÷संस्था र निकायहरु आसन ग्रहण र भाषणमा सिमितछन । कसैले उद्देश्य बमोजिमको काम गर्दैनन खाली काम गर्ने बताउँछन् । यसरी बताएको झण्डै चालिसबर्ष भै सक्यो क्यार्ने हो…. ?
यस्तैमा उजेलीका बा हौसिएः– तपैहरु भन्छौ नि, पन्ध्रसालमा बिपिले पनि समाजबाद आयो भने सबै ठिक हुन्छ भन्ने कुरा बताए । म त, दशसाल देखिको सप्पै थापाउँछु नि, उनी अलिकति इतिहास भन्दै गएः– गरीब दुःखी नेपालीका घरमा एउता दुहुना गाईको कुरा गरे, ऊबेला बिपिले । सत्रसालमा महेन्द्रले पञ्चायत भित्र्याउँदा र एक्काईस सालमा भूमिसुधार लगाउँदा गरीब दुःखी जनताले सुख पाउने कुरा बताए । अठ्ठाईस सालमा टाउको काट्न निस्केकाहरुले पनि जनताले सुख पाउने कुरालाई नै आधार बनाएर आफ्ना कुरा बताए । छयालीस सालमा आन्दोलनमा निस्किएका नेता कार्येकर्ताले पनि यस्तै कुरा बताए । अँ बाउन्न देखि चै म पनि जान्दछु है, उजेलीका बा, चिम्से चम्कियो । बाउन्न सालमा सबै जाती धर्मलिङ्ग एकै हुने गरी ससस्त्र आन्दोलन निस्क्यो । उस्ले पनि जनता कै दुखका कुरा बतायो । बैसठ्ठी–त्रिसठ्ठीको आन्दोलनले उम्रिएर मौलाएका सयकडौ नेता र दलहरुका अगुवाले देस बिकास हुने र जनता सुखी र सम्पन्न हुने सप्पै हुने कुरा नै बताउँदै आए ।
भोली विश्व विद्यालयका प्राध्यापकहरुको प्राज्ञसभा छ । त्यसमा मुलुक भरका बिद्धान देखि बिश्व विद्यालय क्षेत्रका अनगिन्ती हस्तिहरु आउनेछन । यिनीहरु चै साँच्चै काम गर्छन । उनिहरु बताउँदैनन, त्यो कार्यक्रममा उद्घाटन सत्रमा सबैलाई खुल्ला छ । जाने होला नि काका, चिम्सेले उजेलीका बा तर्फ ईङ्गित गर्दै भन्यो । सबै बताउँछन मात्रै किन जाने उनिहरु पनि बताउँने नै त भेला हुने होलान उजेलीका बा अलि गम्भिर देखिए ।
चिम्सेले कर ग¥यो, त्यसो होइन नि काका बिश्व विद्यालय एउटा प्राज्ञिक थलो हो । काहाँ त्यस्तो हुन्छ र ? भाषणमा मात्र ध्यान दिने कुरा । त्यहा त देश विदेशका प्रबुद्ध विद्धानहरुले ज्ञानगुनको चर्चा गर्छन । सम्मेलनमा देशका मात्र हैन विदेशका समेत बिषय विषेशका प्राध्यापक डाक्टरहरु हुन्छन, सास्त्रास्त्रका कुरा गर्छन । त्यो कार्यक्रम चै छुटाउनु हुँदैन है ।
कार्यक्रम स्थलको सभाहलमा उजेलीका बा, चिम्से, सान्ने, दानाबोटे, पातली, जुठी, ठुली देउरानी, उजेली, रिठ्ठाबोटे कान्छो, जन्तरे काका सबैजना निर्धारित समय अगावै पुगे । सभाहलको पछिल्लो सिटतिर निम्छरो डराई डराई बसे । बिद्धान प्राध्यापकहरु क्रमश आएर सभाहलमा पस्न थाले । मञ्चमा नेतृत्व वर्गका मानिसहरु बस्न थाले । कार्यक्रम शुरु हुने समय केही मिनेट बाँकी छँदा शिक्षामन्त्री, अन्य मन्त्रीहरु, सांसद सदस्यहरु, आयोगका सदस्यहरु, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सांसदहरु, नगर र गाउँपालिकाका प्रमुख तथा पदाधिकारीहरु खचाखच भरिए । कार्यक्रम स्थल, भित्रीभागको प्यासेज आदि सबैठाउँ खचाखच भरिए । प्राज्ञसभा उद्घाटन शिक्षा मन्त्रीले गरे ।
मन्त्रीले– शिक्षामा आमुल सुधार गर्ने होभने पाठ्यक्रमनै फेर्नुपर्ने बताए । अहिलेको पढाईले बर्षेनी सातलाख बढी युवाहरु बेरोजगार भएको बताए । बिद्धान प्राध्यापकहरु आफैले आयोजना गरेको सभामा निरीह भए । राजनीतिक व्यक्तित्व एकपछि अर्को क्रमश हाविभए । सघिय मन्त्रीहरु, प्रदेश मन्त्रीहरु, स्थानीय सरकारका प्रमुखहरुले शिक्षामा आमुल परिवर्तन गर्नुपर्ने बताए । थोरै प्राध्यापकले बोले, हामीले पढाईका लागि पढाई गरिरहेका छौ भन्ने कुरा पनि बताए । यस्तो शिक्षाले मुलुकमा बेरोजगार मात्र बढ्ने बताए ।
उजेलीका बा, रिसले चुरचुर भए । चिम्सेलाई घुरेर हेरे । चिम्से आफ्नै शुरमा भाषण सुनिरहेको थियो । उनले चिम्सेलाई एकलात्ती हिर्काए । ढोकामा एकलात्ती बर्जादै बाहिरिए । उजेलीका बा, कार्यक्रम स्थल छाडेको देखेर चिम्से, सान्ने, दानाबोटे, पातली, जुठी, ठुली देउरानी, उजेली, रिठ्ठाबोटे कान्छो, जन्तरे काका सबैजना सभाबाट बाहिरिए । उजेलीका बाले सम्मेलन स्थलतर्फ धारेहात देखाउँदै भनेः–यि सबै बताउने मात्रै हुन, रु कोही पनि काम गर्नेवाला छैनन । यदि सबैले आ–आफ्नो ठाउँबाट काम गर्ने हो भने यो मुलुक यस्तै हुन्थ्यो ?
अबदेखी यस्ता कार्यक्रममा ज्यान गए आईन्न । बुझिस चिम्से ? यसरी नबताइ काम गर्ने त फगत हाम्रा आफ्ना आमाहुन श्रीमती हुन छोरीहरु दिदिबहिनीहरु हुन । जस्ले केहि नबताइ तातो चिसो समय समयमा पकाएर–बनाएर हामीलाइ दिन्छन । चिसिएका कान समाउँदै सिरेटो छल्दै उनीहरु आ–आफ्ना चिसा झुप्रामा निस्प्राण झै छिरे । धन्यवाद ।
हालः भद्रपुर-10, झापा
मो.न.9842637855
इमेल- shalikbhattarai@gmail.com
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।