चन्द्र बस्नेत
कनकाई, ७ भदौ । झापाको कनकाई नगरपालिका–१ प्रजापतिस्थित पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।
झापाको बिर्तामोडमा रहेको बालमिकी लिङ्कन कलेज परिवारले शैक्षिक सामग्री विद्यालयका सबै विद्यार्थीलाई वितरण गरेको हो । नर्सरीदेखि कक्षा–५ सम्म अध्यापन हुने पशुपति आविमा ७५ जना विद्यार्थी अध्यनरत छ्न् । विद्यालयमा ६ जना शिक्षक–शिक्षिकाले अध्यापन गराउँदै आएको प्रधानाध्यापक खेम कार्कीले जानकारी दिनुभयो ।
विद्यालयमा नयाँ प्रविधि अर्थात् प्रोजेक्टरको माध्यमबाटै विद्यालयमा पठनपाठन हुँदै आएको प्रधानध्यापक कार्कीले जानकारी दिनुभयो । विद्यालयमा भौतिक सुधारका प्रयास गरिँदै आएको बताउँदै उहाँले प्रदेश तथा नगरको सहयोगमा भवनमा छानो परिवर्तन गर्दै रङ्ग रोगन गरिएको सुनाउनुभयो । चट्याङ्ले पंखा, प्रोजेक्टर, इन्टरनेट, ल्यापटप लगायतका सामग्री बिगिएको उहाँले बताउनुभयो ।
प्रधानाध्यापक कार्कीले विद्यालयमा अध्ययनरत विद्यार्थी निम्न आयस्रोत भएको परिवारको भएकाले शैक्षिक सामग्री पाउँदा ठुलो राहात हुने भन्दै फेरिफेरि पनि यस किसिमको सहयोगको अपेक्षा गर्दै दाता परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कनकाई–१ का वडा सदस्य निर्मला खड्काले दाताहरुबाट पाइने यस किसिमको सहयोगले बालबालिकाको मुहारमा देखिने खुसी अन्यत्र नपाइने बताउनुभयो ।
्
बालमिकी कलेजका प्रशासन प्रमुख तथा इभेन्ट व्यवस्थापक प्रमुख प्रकाश घिमिरेले विद्यालयमा अध्ययनरत विद्यार्थीले पुराना कपीलाई आफैँ बनाएर वितरण गरेको बताउनुभयो । आफुले पुनः प्रयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्नका लागि अभियान चलाउँदै अएको र सोही अभियान अन्तर्गत कलेजका शिक्षक तथा विद्यार्थीहरुले पुनः प्रयोगका लागि बनाइएको शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो ।
बाह्रदशीमा रहेको एक विद्यालयमा समेत शैक्षिक सामग्री वितरण गरिएको हेड अफ डिपार्टमेन्ट प्रमुख निरज ओलीले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक तरुण अधिकारीले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।