कनकाई, ७ भदौ । कनकाई–३ सुरुङ्गा स्थित हरिकुल नमूना माध्यामिक विद्यालयमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाइएको छ । विद्यार्थीलाई प्रयोगात्मक हुने हिसाबले सिकाईका लागि श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीलाई प्रयोगात्मक हुने हिसाबले सिकाईका लागि कार्यक्रम गरिएको विद्यालयकी प्रबन्ध निर्देशक ग्रीशा रावल थापाले बताउनुभयो । अबको शिक्षा व्यावहारिक, सीपमुलक र आयआर्जनमुलक हुनुपर्ने भएकाले यस प्रकारको शिक्षण सिकाइ क्रियाकलाप हुने वातावरण विद्यालय, शिक्षक र अभिभावकले सिर्जना गर्नुपर्ने विद्यालयका सञ्चालक साजन थापाले बताउनुभयो ।
विशेष गरेर विद्यालयले पढाई सँगसँगै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विद्यालयबाट नै सिकाउने गरेको शिक्षक सन्दीप मरासिनीले जानकारी दिनुभयो ।
विद्यार्थीहरूले यस अघिपछि विभिन्न समयमा वृक्षारोपन, विज्ञान प्रर्दशनी, विभिन्न स्थानको सरसफाइ, डस्टबिन वितरण, विभिन्न कार्यक्रममा विद्यार्थीको सहभागिता, विभिन्न दिवस र सन्दर्भमा विद्यार्थीलाई भूगोल, समाज, कला र संस्कृति लगायत कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरेको प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व यस वर्ष आगामी सोमबार १० गते परेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।