कनकाई, ९ मंसिर । कनकाई नगर प्याब्सनको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। आज सुरुङ्गामा भएको साधारणसभा तथा तेस्रो अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
अधिवेशनले अध्यक्षमा बिनोद उप्रेती सर्वसम्मत चयन गरेको छ । नव गठित समितिको सचिवमा गोकुल उप्रेती, कोषाध्यक्षमा विमान लामा तामाङ चयन हुनुभएको छ । त्यस्तै, सदस्यमा गोपाल संग्रौला, रोशन केसी (खत्री) सर्वसम्मत चयन हुनु भएको छ ।
यस निर्वाचनका लागि प्याब्सनका केन्द्रिय सदस्य एलपी उप्रेतीको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिएको थियो । प्याब्सनका केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न नगर अधिवेशन प्याब्सन नगर अध्यक्ष विनोद सुब्बाको सभापतित्वमा भएको थियो भने कोषाध्यक्ष विनोद उप्रेतीको आर्थिक र सचिव मोहन थापाको सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथि ब्यासनका केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेलले कनकाई नगरमा निजी विद्यालय र प्याब्सनको गतिविधिलाई अगाडि बढाउनका लागि स्वर्गिय गंगाप्रसाद उप्रेती, लक्ष्मण सुवेदी, डिआर सुवेदी, चन्द्रप्रसाद मैनालीहरुको योगदानको स्मरण गर्दै कनकाई नगर प्याब्सनका गतिविधि र सक्रियता प्याब्सन केन्द्रिय समितिले सिक्नुपर्ने र अनुशरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य एलपी उप्रेती, प्यासन कोशी प्रदेशका सचिव कोषराज प्याकुरेल, जिल्ला अध्यक्ष गौरीमान फागो, प्रदेश सदस्य भानु राजवंशी, जिल्लाका बरिष्ठ उपाध्यक्ष छत्र कार्की, जिल्ला उपाध्यक्ष टिआर गौतम, जिल्ला सचिव एचके पाठक, सहसचिव लक्ष्मी उप्रेती, भवानी पाठक, जिल्ला सदस्य केशव बेडारी, सागर ढुङ्गाना, कनकाई नगर सल्लाहकार अखिल कुमार कोइराला, प्याब्सन दमक नगर निवर्तमान अध्यक्ष जर्नादन मैनाली, झापा गाउँपालिका प्याब्सन अध्यक्ष नारायण सुवेदी लगायातको आतिथ्यता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।