झापा, १२ मंसिर । मेडिकल व्यवसायी एवम् अभियन्ता दुर्गा प्रसाईंका समर्थकले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रसाईंको जीवन रक्षाको माग गर्दै उनीहरुले बुधवार प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले ‘दुर्गा प्रसाईंको जीवन रक्षा गर, कम्बोडियाको कालो धन छानबिन गर, मानअधिकारको रक्षा गर’ भन्ने लगायतका नारा लेखिएको ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रसाईंको मुद्दा बन्दी प्रत्यक्षीकरणका लागि पेसी चढेसँगै उनका समर्थकहरू माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।