इलाममा रुखको हाँगाले लागेर एक जनाको मृत्यू
इलाम, २४ मंसिर । इलामको देउमाई नगरपालिका-९ जितपुर सुङ्गुरे डाँडाका ४९ वर्षीय तुलसी जबेगुको रुख काट्ने क्रममा हाँगा खस्दा घाइते भई निधन भएको छ।
मिति २०८१ मंसिर २३ गते बिहान ११:३० बजे रुख काट्ने क्रममा अचानक हाँगा खस्दा उनको ढाडमा चोट लागेको थियो। घटना सम्बन्धी जानकारी स्थानीयले १३:४० बजे प्रहरी चौकी जितपुरमा दिएका थिए।
घटनास्थलमा प्रहरी निरीक्षक जीवन कुमार गिरीको नेतृत्वमा खटिएको टोलीले तत्काल घाइतेलाई उपचारका लागि झापा पठाएको थियो। तर, सोही दिन १६:३० बजे उपचारकै क्रममा झापाको BNC अस्पतालमा उनको निधन भएको हो।
मृतकको शव अहिले पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।