

बिर्तामोड, २ माघ । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी निर्विरोध निर्वाचित भएका छन् । आज बिहान अध्यक्षका दुईजना उम्मेदवार र सहजकर्ताबीच भएको छलफलमा गिरीलाई अध्यक्ष बनाउने सहमति भएको हो ।
झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले आज बिहान मतदान गर्ने समय तोके पनि सर्वसम्मत भएपछि मतदान नहुने बताइएको छ । अध्यक्षमा सर्वसम्मत भएपछि कोषाध्यक्ष र सहसचिव तथा सदस्यमा पनि सर्वसम्मतको प्रयास भइरहेको छ । आठजना सदस्य पदमा १२ जना उम्मेदवारहरुबीच छलफल भइरहेको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।