

झापा, ३ माघ (एजेन्स) । बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित घरमा आक्रमण भएको छ । उनको घरमा पसेर धारिलो हतियारले एक जना आक्रमणकारीले आक्रमण गरेका थिए । सैफलाई गम्भीर अवस्थामा मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
‘यो सत्य हो कि सैफ अली खानको घरमा मध्यराति २ः३० बजे चोरी भएको थियो । परिवारका सदस्यहरू जागेपछि चोर भाग्न खोजे । सैफ अली खानमाथि चोरले आक्रमण गरे । उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । यी चोटहरू त्यति गम्भीर छैनन् । उनलाई छुरा प्रहार गरिएको हो, चोरसँग झगडामा घाइते भएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन ।’ बान्द्राका डीसीपीले भनेका छन् ।

बान्द्राको सतगुरु शरण भवनमा सैफ अली खानको ३ बेडरुमको आलिशान अपार्टमेन्ट छ । यहाँ टेरेस, बाल्कोनी र स्विमिङ पुल पनि छ । यस घरमा सैफसँग पत्नी करीना कपूर खान र छोराहरू तैमुर अनि जेह पनि बस्छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।