

झापा, ३ माघ । झापाको दमकबाट प्रहरीले प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो दमक नगरपालिका–६ स्थित सडक खण्डमा दमक–२ का २३ वर्षीय सुसन बञ्जरालाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट Tramol-50 लेखिएको २० पत्तामा जम्मा २०० क्याप्सुल र SPASPAN-४ पत्तामा २०० ट्याब्लेट फेला परेकोले उक्त प्रतिबन्धित औषधिसहित इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।