
९० को दशककी फिल्म अभिनेत्री ममता कुलकर्णीले शुक्रबार प्रयागराजमा जारी कुम्भ मेलाबाट आफ्नो आध्यात्मिक यात्रा सुरु गरेकी छन्।
समाचार वेबसाइट द हिन्दुका अनुसार उत्तर प्रदेश सरकारले उनलाई अब माई ममता नन्द गिरीको नामले चिनिने बताएको छ।

उत्तर प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा ममता कुलकर्णीले कुम्भ मेलामा किन्नर अखाडामा सन्न्यास लिएपछि उनलाई नयाँ नाम दिइएको हो।
पिण्ड दान गरेपछि उनलाई किन्नर अखाडामा अभिषेक गरिएको थियो। मिडियासँग कुरा गर्दै अभिनेत्री ममता कुलकर्णीले भनिन्, ‘यो महादेव महाकाली र मेरो गुरुको आदेश थियो।’
आकाशतिर औंल्याउँदै उनले थपिन्, आज उहाँले रोजेको दिन हो, मैले केही गरिनँ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
