
बिर्तामोड, २८ फागुन । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका घरधनीहरूलाई छतको पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेको छ।
पालिकाले एक सूचना जारी गर्दै छतको पानीका कारण सडक बिग्रने समस्या भएको भन्दै उक्त पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेको हो ।

भित्री सडक खण्डमा घरधनीहरूले सडक मिचेर घर बनाउने र छतको पानी सडक बीचमै खसाल्दा सडक बिग्रने साथै पैदल यात्रु र सवारी साधनलाई समेत समस्या हुने गरेको छ ।
उक्त समस्या समाधान गर्न बिर्तामोड नगरपालिकाले बर्खा लाग्नु अगावै छतको पानीको निकास व्यवस्थापन गर्न घरधनीहरूलाई आग्रह गरेको हो।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
