
उदयपुर, २ बैशाख । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको छ ।
बैशाख १ गते राति विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युव माथि नदी किनारमा पानीमा तैरी रहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हो । उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको छ ।
उता चैत ३१ गते बेलुका झापाको प्रहरी चौकी महारानी झोडाबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कमल गाउँपालिका–७ का २८ वर्षीय विशाल लिम्बूलाई ट्रमाडोल ४७० क्याप्सुल र डाईक्लोमिन ३९० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।