
झापा, २ बैशाख । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
बैशाख १ गते करिब ७ बजे शिवसताक्षी नगरपालिका–८ बुद्धचोकस्थित पुर्व–पश्चिम राजमार्गमा डुडाँमारी चौकबाट झिलझिले तर्फ आउदै गरेको प्र १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही स्थानका ६० वर्षीय पुष्प दास दर्जीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उपचार गर्न लालिगुराँस हेल्थ केयर सेन्टर झिलझिले पठाइएको थियो । थप उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड लगिएकोमा आज मृत्यु भएको हो । मोटरसाइकल चालक शिवसताक्षी–८ का ३० वर्षीय दुरेन सेर्मा लिम्बू इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।