
शिवसताक्षी, १३ बैशाख । शिवसताक्षी नगरपालिकामा न्यायिक मेलमिलाप सम्बन्धी तालिम आजबाट सुरु गरिएको छ ।
समुदायमा न्याय प्राप्तिको पहुँचलाई सरल, छरितो र प्रभावकारी बनाउने उद्देश्यले नगरको न्यायिक समिति, वडाका मेलमिलाम केन्द्र सदस्यहरु तथा नागरिक समाजका अगुवाहरुलाई सहभागी गराई मेलमिलाप तालिम सुरु गरिएको हो ।

आज शिवसताक्षीको दूधे स्थित होटल हाइजेनिकमा ८ दिवसीय तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले गरेकी हुन् ।
उद्घाटनमा नगर उपप्रमुख कार्कीले नगरमा तथा वडामा रहेका विभिन्न किमिमका मुद्धाहरुलाई निष्पक्ष ढंगबाट सरल तरिकाले समाधान सहज होस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन् ।
त्यस्तै शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले तालिमबाट लिइएको ज्ञानले नगर तथा वडामा आइपर्ने समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताइन् । उनले तालिम महत्वपूर्ण भएको पूरा समयदिएर तालिम लिन हुन सहभागीहरुलाई सुझाएकी थिइन् ।
मेलमिलाप केन्द्रमार्फत विवाद समाधान गर्दा अदालतको झन्झट, खर्च र समय बचत हुने भएकाले यसको महत्व दिनानुदिन बढ्दै गएको छ ।
व्यक्तिहरूबीच उत्पन्न विवादहरू आपसी समझदारी र सहमतिमार्फत समाधान गर्न, समाजमा आपसी सद्भाव र शान्ति कायम राख्न, न्यायिक प्रक्रिया सजिलो, छरितो र सबैका लागि पहुँचयोग्य बनाउन मिलमिलाप केन्द्रको भूमिका रहन्छ ।
तालिममा मेलमिलाप परिषदका सदस्य योगराज सापकोटा र देवेन्द्र वि.कले सहजीकरण गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ।
बैशाख २० गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन सत्रको अध्यक्ष शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेको रहेको थियो भने, स्वागत कार्यक्रम अधिकृत महेश लामिछानेले गरेका थिए । तालिमको उद्घाटन सत्रको सञ्चालन दिपक पोख्रेलले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
