
संखुवासभा, १५ वैशाख । संखुवासभाको मकालु गाउँपालिका(३ स्थितमा चट्याङले लागेर १२ वटा भैंसी, ४ वटा गाई र १ वटा गोरुको मृत्यु भएको छ ।
बैशाख १४ गते दिउँसो वर्षा संगै परेको चट्याङले लागेर चरनमा चरिरहेको अवस्थामा स्थानिय पुष्पलाल भण्डारीको ८ वटा भैसी, एउटा गाई, प्रेम प्रसाद भण्डारीको ४ वटा भैंसी, २ वटा गाई र कृष्ण राईको एउटा गाई र एउटा गोरुको मृत्यु भएको छ ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गएको छ । घटना स्थल हेदाङना बाट ३५ किलोमिटर उत्तर पश्चिम तथा सदरमुकामबाट १०० किलोमिटर टाढारहेको छ ।
झापा( १५ गते दिउँसो १२ बजे हल्दिबारी गाउँपालिका(२ का जयराम मुर्मुको गोठमा चट्याङ पर्दा गाई २ वटा, बाछी १ वटा, बाख्रा १ र पाठो १ को मृत्यु ।
भोजपुर( १५ गते राती ०२०० बजे आमचोक गाउँपालिका(३ का हरी सुवेदीको गोठमा चट्याङ पर्दा भैंसी १ वटा पाँडो १ वटा मृत्यु ।
तेह्रथुम( १५ गते राती ०३०० बजे लालीगुँरास नगरपालिका(५ कि गिता कार्कीको ढुङगा माटोको ३ तल्ले घरमा चट्याङ पर्दा गारो चर्किएको र घरको भित्र रहेको अन्नपात, भाडा वर्तन, लत्ताकपडा पुर्ण रुपमा जलि नष्ट भएको, खोरमा रहेको २ वटा बाख्राको मृत्यु भएको ।
उदयपुर( १५ गते राती ०१स्३० बजे रौतामाई गाँउपालिका( ५ का चक्र बहादुर राईको घरमा हावा हुरी संगै परेको चट्याङले लागेर ढुङगा माटो टिनको छानो भएको २ तले घर र घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन र एउटा सुंगुर समेत जली करिव ५ लाख ५० हजार बरावरको क्षेति भएको ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
