झापा, २६ जेठ । मनसुन सुरु भएसँगै झापामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार डेंगुको सिजन शुरु भएसँगै जिल्लामा ३९ जनामा डेंगुको संक्रमण देखिएको छ । तीमध्ये ३७ जना विर्तामोड नगरपालिकाका रहेका छन् । दमक र गौरादह नगरपालिकाका एक–एक जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिनुभयो ।



डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । तर, झापामा बाह्रै महिना डेंगु देखिने गरेको छ । गत वर्ष झापामा डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


