ओखलढुङ्गा, ३१ जेठ । ओखलढुङ्गाकी ३२ वर्षीया हिरा तामाङ एकै पटक तीन वटा शिशुलाई जन्मदिएकी छन् । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेका उत्तर तामाङकी श्रीमती हिराले शुक्रबार ओखलढुङ्गा सामुदायिक अस्पतालमा तीन छोरीलाई जन्म दिनुभएको
हिराले तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा. रोशन खरेलले जानकारी दिनुभयो । निर्देशक डा. खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरी हिराका छोरीहरूलाई जन्म गराएका हुन् । पहिलो छोरीको तौल १९ सय ग्राम, दोस्रो छोरीको २२ सय ग्राम र तेस्रो छोरीको तौल २३ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।



३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरू र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको ओखलढुङ्गा सामुदायिक अस्पतालले जनाएको छ । उत्तर र हिरा दम्पतीका एक ७ वर्षीय छोरा छन् । ओखलढुङ्गामा सम्भवतः एकै पटक ३ वटा शिशु जन्मिएको यो पहिलो घटना हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


