झापा, २ असार । झापा र मोरङको विभिन्न स्थानहरुबाट प्रतिवन्धित औषधी र खैरो हिरोइन सहित ४ जनालई प्रहरीले पक्राउ गरेको छ ।
असार १ गते राती विराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको उर्लाबारी नगपालिका-४ का ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय दिपेश खनाललाई खैरो हिरोइन २ ग्राम १ मिलिग्राम सहित पक्राउ गरेको छ ।



त्यसैगरी प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ का २२ वर्षीय निजाम मियालाई १ ग्राम ४ सय ४० मिलिग्राम खैरो हिरोइन सहित र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले दमक-७ का १९ वर्षीय पुष्कर मगरलाई प्रतिवन्धित औषधी ६ सय २० चक्की सहित नियन्त्रणमा लिन सफल भएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


