
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ भदौ । विभागीय टोली एपिएफ फुटबल क्लबले एन्फा यु–१६ यूथ लिगमा आइतबार मच्छिन्द्र फुटबल क्लबविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ । जितसँगै १४ खेलमा २६ अङ्क जोडेको एपिएफ छैटौँ स्थानमा उक्लिएको छ । पराजित मच्छिन्द्र समान खेलबाट २७ अंका साथ चौथो स्थानमा छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन सुजन तामाङ र पुजन ढकालले गोल गरे । अर्को खेलमा छहारी यूथ क्लब र राप्ति फुटबल क्लबले अङ्क बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् ।
झापा, ८ भदौ । नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ भव्य रूपमा मनाउन मूल समारोह समिति गठन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले असोज २, ३ र ४ गते नेपालभित्र तथा विदेशस्थित नेपाली नियोगहरूमा दीपावलीलगायत विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो। २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ। यस वर्ष संविधान जारी भएको १० वर्ष पुगेकाले नेपाल सरकारले दिवसलाई विशेष उत्सवका रूपमा मनाउने तयारी गरेको छ। मूल समारोह समिति र कार्यक्रमहरूसमितिमा उपप्रधानमन्त्री,…
झापा, ८ भदौ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म विपरीत रहेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। महासङ्घले उक्त विधेयक स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउने उद्देश्यले ल्याइएको निष्कर्ष निकाल्दै यसलाई अस्वीकार गर्ने स्पष्ट गरेको छ। महासङ्घकी महासचिव हिमाकुमारी चेम्जोङले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ ९ देखि १३ गतेसम्मका लागि पहिलो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेकी हुन्। विज्ञप्तिमा विधेयक फिर्ता गराउन दबाब दिने उद्देश्यले आन्दोलनमा उत्रिनुपरेको उल्लेख गरिएको छ। महासङ्घले आफ्ना सबै जिल्ला शाखा, सदस्यहरू तथा आम सञ्चारकर्मीहरूलाई आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।…
झापा, ८ भदौ । आर्थिक वर्ष २०८१–८२ मा मुलुकको आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरू सुदृढ बन्दै गएका छन् । राष्ट्र बैंकका अनुसार चालु खाता रु चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष २०८०–८१ मा सो खाता रु दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो । यस्तै, शोधनान्तर स्थिति पनि सुधार हुँदै रु पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा पुगेको छ । अघिल्लो वर्ष यो रकम रु पाँच खर्ब दुई अर्ब ४९ करोड थियो । गत वर्ष खुद…
शिवसताक्षी, ८ भदौ । झापाको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको आगामी भदौ १४ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेद्वरी दर्ता भएको छ । आज संस्थाको १५ सदस्य समितिका लागि ३३ जनाको उम्मेद्वारी परेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाले जनाएको छ । अध्यक्षमा मोहनबहादुर कार्की, धनप्रसाद लिम्बु, मनबहादुर मगर र किरण ओलीको उम्मेद्वारी दर्ता भएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा प्रेमध्वज जवेगु र ठाकुर ढकाल, द्वितीय उपाध्यक्षमा इन्द्रप्रसाद न्यौपाने, कृष्णबहादुर बस्नेतको उम्मेद्वारी दर्ता भएको छ । त्यसैगरी, सचिव पदमा धनकुमार ढकाल र तेजबहादुर भट्टराई, सह सचिवमा अग्नीप्रसाद राई र देवीबहादुर चेम्जोङ्ग, कोषाध्यक्षमा चुनमाया दाहाल (आशा) र रेनुका…
रौतहट, ८ भदौ । गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ स्थित दिव्यज्योति स्कुलको गेट नजिकै सुटकेसभित्र एक युवतीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आइतबार बिहान करिब २५ वर्षीया अन्दाजी युवतीको शव सुटकेसभित्र कोचिएको अवस्थामा भेटिएको हो। घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले शव हत्या गरी सुटकेसभित्र राखिएको आशंका गरेका छन्। “शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ,” जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले भने, “घटनाको थप अनुसन्धान जारी छ।” प्रहरीले घटनास्थल आसपासको सीसीटीभी फुटेज संकलन गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।
झापा, ८ भदौ । यस वर्षको एसईई परीक्षा आगामी चैत पहिलो सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्नेगरि चैत पहिलो साता नै परीक्षा सञ्चालन गरिने बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिमा उल्लेख छ। बोर्डले माध्यमिक तहको अन्तिम मानिने कक्षा १२ को वार्षिक परीक्षा भने २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ। कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गर्ने बोर्डको तयारी छ। बोर्डले एसईईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ।
इलाम, ८ भदौ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा अटो र भारतीय नम्बर प्लेटको सानो गाडी आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । प्रदेश–१–०१–००२ ह ८२६२ नम्बरको अटो र भारतीय नम्बर प्लेट ए एच ७४ डब्लु बी ०६६२ नम्बरको सानो गाडी ठोक्किँदा अटोमा सवार सूर्योदय निवासी ३८ वर्षीया पवित्रा लिम्बू, १० वर्षीय दिप्सन लिम्बू, ७० वर्षीया कमला ढकाल, १५ वर्षीया छेप्साङ लिम्बू, ३० वर्षीया प्रमिला कार्की र उनका १ वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ । घटनाको समयमा अटोमा ७ जना सवार रहेको र सानो गाडीमा सूर्योदयकै भीम पाण्डे रहेको प्रारम्भिक जानकारी फिक्कल प्रहरीले दिएको छ घाइतेलाई फिक्कलस्थित श्रीनिधि…
दाङ, ८ भदौ । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ…
झापा, ८ भदौ । मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै, मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवैजनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही रु एक करोड नगद पुरस्कारसहित रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुस्कार प्राप्त गरेका छन् । मेरो डान्स युनिभर्सको फस्ट रनरअप भई अमृता राईले रु २५ लाख नगदसहित सिटिजन्स लाइफबाट रु २० लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । सेकेन्ड रनरअप…