
झापा, ८ भदौ । विभागीय टोली एपिएफ फुटबल क्लबले एन्फा यु–१६ यूथ लिगमा आइतबार मच्छिन्द्र फुटबल क्लबविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै १४ खेलमा २६ अङ्क जोडेको एपिएफ छैटौँ स्थानमा उक्लिएको छ । पराजित मच्छिन्द्र समान खेलबाट २७ अंका साथ चौथो स्थानमा छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन सुजन तामाङ र पुजन ढकालले गोल गरे । अर्को खेलमा छहारी यूथ क्लब र राप्ति फुटबल क्लबले अङ्क बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

