
झापा, २६ फागुन । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ३ हजार ८०० ले बढेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदी तोलामा ३१० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी तोलामा ५ हजार ७२० रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

