
झापा, १७ फागुन । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि यहाँ यथावत् राखेको छ ।
निगमले आज विज्ञप्ति जारी गरी उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य यथावत् राखिएको जनाएको हो । निगमका अनुसार, पेट्रोलमा दुई रुपैयाँ नौ पैसा, डिजेलमा दुई रुपैयाँ ४७ पैसा, ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

