
काठमाण्डौ, २६ फागुन । अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गर्नुभएको छ । उहाँले रातो पासपोर्ट फिर्ता गरेको बारेमा आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको हो ।
आफूलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरेको उहाँको भनाइ छ ।

उहाँले अब आफू बिदा हुने क्रममा रहेको भन्दै आफूसँग सरकारी सम्पत्तिको नाममा एउटा रातो पासपोर्ट मात्रै रहेको र त्यो पनि फिर्ता गरेको बताउनुभयो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

