
सिरहा, २६ फागुन । सिरहामा खाना पकाउने एलपी ग्यास अभाव देखाउँदै केही व्यापारीले कालोबजारी सुरु गरेको उपभोक्ताले गुनासो गरेका छन्। खुद्रा मूल्य प्रति सिलिन्डर १,९१० रुपैयाँ भए पनि बजारमा ४,५०० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ।
रेस्टुरेन्ट तथा पसल सञ्चालकहरूले अत्यधिक मूल्यका कारण व्यवसाय चलाउन कठिन भएको बताएका छन्। उपभोक्ता अधिकारकर्मीले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुनसक्ने भन्दै तत्काल अनुगमनको माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालय सिरहाले दोषी पाइए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। नेपाल आयल निगमका स्थानीय वितरकहरूले ढुवानी समस्या, निर्वाचनका कारण सिमाना बन्द र उपभोक्ताले भण्डारण गर्ने प्रवृत्तिले अभाव देखिएको बताएका छन्।
Facebook Comments Box

