झापा, १५ कात्तिक । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु ७० लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया पठाइदिने भन्दै रु ४० लाख र रसाइलीले क्यानडा पठाइदिने भन्दै रु ३० लाख लिएको आरोप छ। रकम लिएपछि दुवै जना सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
पीडितको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



