
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ९ असारः झापाको शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रकुमार राई रहेका छन् । शुक्रबार साँझ राईले चलाउँदै गरेको मे६प ७६०५ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
बनियानी, झापा, ८ असारः खेलाडीहरुमा देखिने हाडजोर्नी सम्बन्धी समस्याको उपचार गर्न झापामा ‘स्पोट्स क्लिनिक’ सञ्चालनमा आएको छ । झापाको बिर्तामोडस्थित कनकाई हस्पिटलले उक्त क्लिनिक सञ्चालनमा ल्याएको हो । आज पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका निर्देशक डा.प्रेमबहादुर शाहीले उच्चस्तरीय प्रविधिको अर्थोस्कोपी मेसिन खरीद गरी क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । ‘अमेरिकन कम्पनीको यो मेसिनको मूल्य ७० लाख पर्छ’, हाडजोर्नी सर्जन समेत रहनुभएका डा. शाहीले भन्नुभयो, ‘हामीले मेची अञ्चलभरिका बिरामीलाई लक्षित गरेर सेवा सञ्चालनमा ल्याएका हौँ ।’ विशेषगरी खेलाडीलाई खेलकुदका क्रममा धेरै चोट लाग्ने र उपचारका लागि काठमाडौँ, भारत लगायतका स्थानमा जानुपर्ने बाध्यताको अन्त्य गर्न ‘स्पोट्स क्लिनिक’ सञ्चान गरिएको हस्पिटलले जनाएको छ…
— रमिते अब शुरु हुन्छ नेपालको असारे विकास ! हाकिम, लेखापाल, प्राविधिकहरुको बडादशैं ।वर्षभरि खर्च हुन नसकेको रकम असारमा आएर खर्च हुन्छ । असारमा विकास हुने उहिले पहिलेदेखिकै परम्परा हो । यही असारे विकासले नै देशलाई यो ठाउँमा ल्याइपु¥याएको हो । असारमा विकासे अड्डाका मान्छेलाई भेट्नु प¥यो भने विल भौचर चेकका ठुटाको पहाड पल्टाएर खोज्नु पर्छ । अहिले उनीहरु कसैसगँ बोल्न भ्याउदैनन्, कसैको निशुल्क रुपमा जन्ती मलामी जान भ्याउने त झन् कुरै भएन । मुठी खाएर मुरी बटुल्ने यो बेला भनेको वर्ष भरिकै स्वर्णकाल हो । बाह्र महिनामा बल्ल तल्ल आउने असार महिना वर्षौ वर्ष मायाप्रिती गरेर मुस्किलले चाँजो मिलाएर…
काठमाडौँ, ८ असारः उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरता उच्च बिन्दुमा पुगेको बताउनुभएको छ । नेपाल कृषि वैज्ञानिक तथा प्रविधि संगठनले आज काठमाडौँमा आयोजना गरेको आठौँ खाद्यान्न दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले उर्वर जमिन, जनशक्ति र जलस्रोतको अभाव नभएर पनि खाद्यान्नमा परनिर्भरता बढ्नु आश्चर्यजनक भएको बताउनुभयो । कार्यक्रममा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्र राज्यको प्राथमिकतामा परेको बताउनुभयो । संविधानले खाद्यसम्प्रभुता सुनिश्चित गरेकाले उत्पादन वृद्धिका लागि विभिन्न उपाय अवलम्बन गरिने उहाँले बताउनुभयो । दुईदिनसम्म सञ्चालन हुने सो कार्यक्रममा ६० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छ । कृषिको दिगो विकास गरी आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर अंकले वृद्धि…
दमक, ८ असार : झापाको दमक नगरपालिकाले गठन गरेको भूमि व्यवस्थापन आयोगले नगरका दुईवटा वडाका भूमिहीनको लगत संकलन थालेको छ । दमक–९ र १० बाट आयोगमा एक हजार २५ भूमिहीनले निवेदन दिएका छन् । दमकमा अव्यवस्थित बसोबास तथा भूमि समस्या समाधानका लागि गठित आयोगले ती दुईवटा वडामा लगत लिने काम सिकिएको जनाएको छ । दमक– ३ र ८ बाट लगत संकलनको माग थाल्ने निर्णय भएको आयोगका अध्यक्ष अम्बिका खनालले जानकारी दिनुभयो । अध्यक्ष खनालका अनुसार आयोगमा दमक–९ का ४०० तथा दमक–१० का ६२५ जनाले निवेदन दिएका छन् । उहाँले नगरका १० वटै वडामा भूमिहीनको लगत लिइने बताउनुभयो । “सबै निवेदनको…
बनियानी, झापा, ८ असार ः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुक पन्ध्र वर्षभित्र समृद्ध बन्न सक्ने बताउनुभएको छ । झापाको अर्जुनधारा नगरपालिकको दोस्रो नगरसभामा बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले मुलुक २५ वर्षमा समृद्ध हुन्छ भनिए पनि त्यति समय नलाग्ने बतानुभयो । ‘सबै एकजुट भएर लागे चाँडै समृद्धि हासिल गर्न सक्छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि १५ वर्षको समय काफी हुन्छ ।’ विकासको कार्यमा ढिला गरिनु नहुने बताउँदै उहाँले उहाँले भन्नुभयो, ‘विकासका गतिविधिमा सुस्ता भयौँ भने संघीयता स्थायित्व हुन सक्दैन ।’ राष्ट्र, राष्ट्रियता र समृद्ध राष्ट्र वर्तमान सरकारकै पालामा सम्भव हुनेमा उहाँले जोड दिनुभयो । ‘तीनै तहको सरकारले पूर्णता पाएको…
हरि लामिछाने बेइजिङ, ६ असारः चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताउनुभएको छ । सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताउनुभएको हो । विभिन्न आठ सम्झौतापत्रमा हस्ताक्षर हुनुले दुई देशको मित्रता, समझदारी र सहकार्य अगाडि बढाउन योगदान गर्ने तथा यसले नेपालको आर्थिक उन्नती र दुवै देशका जनताको हित हुनेमा आफू विश्वस्त रहेको जनाउनुभयो । “अलिकति भिन्न र उन्नत परिवेशमा भएको…
बिर्तामोड, ६ असार । झापाको बिर्तामोड नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने भारी उपकरण खरीद गरेर डेढ करोड बढी रकम बचत गरेको छ । नगरपालिकाले रू ३ करोड ५० लाखको लागतमा जेसीभी, स्काभेटर लगायतका उपकरण खरीद गरेर रू १ करोड ४५ लाख बचत गरेको हो । ‘मेसिनरी सामान किनेर हामीले नगर क्षेत्रका ३० किलोमिटर सडक मर्मत गरेका छौँ’, नगरप्रमुख ध्रुव शिवाकोटीले भन्नुभयो, ‘ठेक्का लगाएर काम गर्दा डेढ करोड खर्च हुने थियो ।’ नगरप्रमुख शिवाकोटीले ती उपकरणले एक महिना मात्र काम गर्दा मात्रै करिब आधा लागत बराबरको काम भएको बताउनुभयो । ‘सात लाख जति इन्धनमा खर्च भएको छ’, उहाँले भन्नुभयो, ‘नगरपालिकाले…
झापा, ६ असार । वन पदाधिकारी र कर्मचारीको मिलेमतोमा झापाको मेचीनगर–११ स्थित बाँसबारी सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी भइरहेको खुलासा भएको छ । सामुदायिक वनका अध्यक्ष शम्भु राजवंशी, उपाध्यक्ष रामकुमार डाँगी, कार्यालय सचिव तीर्थ नेपाल लगायतको मिलेमतोमा सालका काँचा रुख कटानी भइरहेको हो । अवैध रुपमा रुख काटन् थालिएको जानकारी पाएपछि वनका उपभोक्ताले जिल्ला वन कार्यालय झापामा उजुरी दिएका छन् । उपभोक्ताले उजुरी नै हालेर विरोध गरेपछि घटना सतहमा आएको छ । वनमा आवश्यक प्रक्रिया पूरा नगरी सालका रुख कटान गरिएको स्थानीय उपभोक्ता मिलन प्रसाईंले बताउनुभयो । ‘सखुवाका काँचा रुख काटेर तस्करी हुँदै आएको छ’, प्रसाईंले भन्नुभयो, ‘दुई महिनाअघि…
दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो । दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आउनुभएको छ । नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको छतमा कार्टुनजस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । उहाँले सो शंकास्पद वस्तु गाडीमा देखेपछि प्रहरीमा खबर गर्नुभएको थियो । फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगेका थिए । त्यसलाई आज बम डिस्पोजल टोली झिकाएर निष्क्रिय गरिएको इलाका…