झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १९ भदौ । नेपाल निजामति कर्मचारी युनियनले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार इश्वर अधिकारी लगायत उत्कृष्ट कर्मचारी, समाजसेवी तथा सेवा निवृत कर्मचारीहरुलाई सम्मान गरेको छ । सञ्चारक्षेत्रमा गरेको योगदानको मूल्याङ्कन गर्दै अधिकारीलाइ सम्मान गरिएको हो । भद्रपुर-१० निवासी अधिकारी नागरीक एफ एमका कार्यक्रम निर्देशक तथा आँखा डटकम अनलाइनका सम्पादक हुनुहुन्छ भने विगत दुइ दशक भन्दा वढी समयदेखि सञ्चारक्षेत्रमा सक्रिय हुनुहुन्छ । अन्य सम्मानितहुनेहरुमा समाजसेवी तर्फ बिर्तामोड निवासी जल कुमार गुरुङ्ग, उत्कृष्ट कर्मचारी तर्फ कमल गाउँपालिकाका कृषि अधिकृत महेन्द्र वोहोरा र प्रादेशिक अस्पताल भद्रपुरका एक्सरे शाखाका कर्मचारी लिला भट्टराइ रहनुभएको छ । सम्मानीत हुनुहुने सेवा निवृत कर्मचारीहरुमा शिक्षा विकास तथा…

Read More

झापा, १९ भदौ । झापाको बिर्तामोड नगरपालिका–७, खालवारीमा जंगली हात्तीले धानबालीमा क्षति पुर्याएको छ । बुधबार राति नजिकैको जंगलबाट आएको तीन वटा हात्तीले स्थानीय कृष्णप्रसाद खरेलको करिब ७ कठ्ठा क्षेत्रफलमा रहेको धानबालीमा क्षति पुर्याएको हो । खेतमा हात्तीले धान खाई र कुल्चिँदा करिब ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीहरू राती नै जंगलतर्फ फर्किएको जनाइएको छ। स्थानीय बासिन्दाहरूले वन क्षेत्र नजिकको बस्तीमा हात्तीको बढ्दो प्रवेशप्रति चिन्ता व्यक्त गरेका छन्। सम्बन्धित निकायले वन्यजन्तु नियन्त्रण तथा क्षतिपूर्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

Read More

झापा, १९ भदौ । झापाको अर्जुनधारा नगरपालिका–१० पञ्चकन्याटोलमा बुधबार राति विद्युत सट भई आगलागी भएको छ । केदार ढुङ्गेलको तीन तले घरको भुईं तल्लाको टिभी कोठामा अचानक आगो लागेको हो । आगलागी स्थानीय बासिन्दा, प्रहरी टोली तथा मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा अन्दाजी ९ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कोठामा रहेको १ थान टेलिभिजन र १ थान दराज जलेर नष्ट भएको जनाइएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्युत सटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको स्थानीय प्रशासनले…

Read More

झापा, १९ भदौ । नेपाली कांग्रेस नेता डा. शशांक कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताउनुभएको छ । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बिर्तामोडमा आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वाद कार्यक्रम प्रमुख अतिथि डा. कोइरालाले नेपालमा उत्पादन क्षमतामा ह्रास आउँदा व्यापार घाटा बढेको बताउनुभयो । कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन विशेष सरकारी योजना आवश्यक रहेको उहाँको भनाइ छ । कांग्रेसका पूर्व महामन्त्री डा. कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी सञ्चालन चेन अफ कमाण्डबाट हुनुपर्नेमा जोड दिँदै निर्वाचित सभापतिले सबै कार्यकर्तासँग समान व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो ।…

Read More

भद्रपुर, १९ भदौ । श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल भद्रपुर नगर समितिले नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । नगर समितिले आगामी भदौ २१ गते ‘श्री वैदिक सनातन धर्म संस्कार आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिताबारे जानकारी दिन बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनका प्रमुख अतिथि श्री वैदिक सनातन धर्म संरक्षण समितिका जिल्ला सदस्य श्रीसराज रिजालले धर्म, संस्कृति रक्षा र सम्बर्धनका लागि वक्तृत्वकला प्रतियोगिता गर्नु उल्लेखनीय कार्य भएको बताउनुभयो । आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमहरू निरन्तर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नवदुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यादवप्रसाद पोखरेलले प्रतियोगिता सफलताको शुभकामना व्यक्त…

Read More

झापा, १९ भदौ । गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा भएको कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तरराष्ट्रिय गुणस्तर सङ्गठन (आईएसओ) प्रमाणपत्र तथा विभागअन्तर्गतका कार्यालयले प्रदान गर्ने सेवाबारे जानकारी दिइएको थियो । विभागका निर्देशक पारसमणि यादवले नेपाल गुणस्तर चिह्न र आइएसओ प्रमाणपत्र तथा जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख रजनिस झाले कार्यालयमार्फत प्रदान गरिने सेवाबारे जानकारी दिए । कार्यक्रमका सहभागी उद्योगी, व्यापारी, उपभोक्ता, स्थानीय तहका प्रतिनिधिले गुणस्तर चिह्न, आइएसओ प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया र विभागका सेवाबारे जिज्ञासा राखेका थिए । त्यस अवसरमा नापतौल, ढकतराजु, उपभोक्ताको अधिकार र स्वदेशी उत्पादनको अन्तरराष्ट्रिय बजारमा बजारीकरणबारे…

Read More

झापा, १९ भदौ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा तथा तराईका केही ठाउँमा हुरीको समेत सम्भावना रहेको जानकारी दिएको छ । महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि सम्भावना छ । अज राति कोसी प्रदेश, मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना छ । कोसी प्रदेश,…

Read More

बिर्तामोड, १८ भदौ । बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ । बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा एक पछि अर्को सहयोग जुट्ने क्रम जारी रहेको संघले जनाएको छ । एक करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्यसहित राजु न्यौपाने नेतृत्वमा निर्वाचित कार्यसमितिले एक वर्ष अघि सुरु गरेको राहत कोषमा करिव २५ लाख रुपैयाँ जम्मा भएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा राहत कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ले जानकारी दिए । आफ्नो जन्म दिनको अवसर पारेर वुधवार हिमालय भेराइटिजकी सञ्चालक सीता अधिकारी न्यौपानेले राहत कोषका लागि २५ हजार ५ सय…

Read More

झापा, १८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल (काभ्रेपलाञ्चोक) मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

Read More

झापा, १८ भदौ । नेपाल चिया उत्पादक सङ्घ र श्रमिक ट्रेड युनियनहरूबीच चिया मजदुरको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ। नवौँ चरणको वार्तापछि नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले सहमतिको जानकारी दिनुभयो। सोमबार नेपाल चिया उत्पादक सङ्घको कार्यालयमा सम्पन्न सहमतिमा सङ्घका तर्फबाट वार्ता समिति संयोजक जेपी शर्माले हस्ताक्षर गर्नुभयो। श्रमिक पक्षबाट नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष राई, अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटा, र नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले हस्ताक्षर गर्नुभयो। नयाँ पारिश्रमिक दर:दैनिक पारिश्रमिक: न्यूनतम रु ५६५मासिक पारिश्रमिक: न्यूनतम रु १५,६९९पहिलेको दर: दैनिक रु ५००, मासिक रु १३,८९३ वृद्धि विवरण:दैनिकतर्फ…

Read More