झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज साँझ बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा ६१।१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३८.८३ विद्यार्थी नन ग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी रहेका थिए र आंशिकतर्फ १ लाख १५ हजार सहभागी थिए…

Read More

सन्तोष शर्माझापा, १९ साउन । झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ । जिल्लाका ठूला सहकारी संस्थाहरुले जारी गरेको २०८२ को असारसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार तरलता पर्याप्त रहेको पाइएको हो । सहकारी संस्थामा १५ प्रतिशतसम्म तरलता हुनुपर्ने झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगाल (भानु)ले बताउनुभयो । “अहिले ठूला सहकारीमा पैसा थुप्रिएको छ भने कतिपय साना सहकारीले भनेका बेलामा बचत फिर्ता गर्न सक्ने अवस्था देखिँदैन”, उहाँले भन्नुभयो, “सहकारी संस्थाले लगानी बृद्धिका लागि उपयुक्त योजना ल्याउने पर्ने अवस्था छ ।” नेपालकै ठूलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको २०८२ असार मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार ३६.२१ प्रतिशत…

Read More

काठमाडौँ, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। प्राविधिक समस्या आएन भने बोर्डले सोमबार साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका एक पदाधिकारीले प्राविधिक समस्या नआए आज साँझसम्म नतिजा सार्वजनिक गरिने जानकारी दिए। ‘नजिता सार्वजनिक गर्न बोर्डमा अहिले छलफल भइरहेको छ’ उनले भने। कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना…

Read More

खोटाङ, १९ साउन । हलेसी मन्दिर दर्शन गरेर सिराहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्रदेश २.०.१.००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै आज बिहान करिब ९ बजे दुर्घटना भएको हो । दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । माइक्रोबस दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । दुर्घटनाका घाइतेमध्ये छ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा…

Read More

विराटनगर, १९ साउन । झापा, मोरङ र धनकुटाबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ परेका छन् । साउन १८ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका– ५ का २९ बर्षीय राजेन्द्र कुमार ताजपुरीया र शिवसताक्षी–४ का २१ बर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर–१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका–७ का ३२ बर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले चौबिसे गाँउपालिका६ का मुकेश बिश्वकर्मा र दिवश राईलाई २ किलोग्राम…

Read More

झापा, १९ साउन । लागुऔषध ओसारपसार तथा बिक्री गरेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका-५ सालडाँगीबाट दुई युवा पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा आइतबार राति इलाका प्रहरी कार्यालय शिवगञ्ज र झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले राजेन्द्र कुमार ताजपुरियाको घरमा छापा मारेको थियो । चेकजाँचका क्रममा ताजपुरियाको कोठामा शिवसताक्षी-४ का २१ वर्षीयका अजय ताजपुरियालाई समेत लागुऔषध बिक्रीका लागि तयारी गर्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूको साथबाट ब्राउनसुगरजस्तो देखिने लिसाइला पदार्थ प्लास्टिकसहित १५ ग्राम २३ मिलिग्राम र प्लास्टिकबाहेक ८ ग्राम बरामद गरिएको छ । लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेलाई जिम्मा दिइएको छ। घटनाबारे…

Read More

कनकाई, १९ साउन । झापाको कनकाई नगरपालिकाका नगर प्रहरीलाई १५ दिने तालिम प्रदान गरिएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाईका नगर प्रहरीलाई तालिम दिएको हो । नगरमा शान्ति–सुरक्षालाई थप व्यवस्थित गर्न उनीहरुलाई १५ दिने तालिम दिइएको छ । पाँच जना पुरुष र तीन जना महिला गरी आठ जनालाई कनकाई नगरपालिकाले नगर प्रहरीमा नियुक्त गरेको छ । आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगर प्रमुख पोखरेलले नगरमा शान्ति–सुरक्षादेखि नगरमा भएका हरेक विकास निर्माणको काममा निगरानी गरी अघि बढ्न निर्देशन दिनुभयो । “आफ्नो काममा लगनशील र…

Read More

सन्तोष शर्माझापा, १९ साउन । झापाका एक अर्बभन्दा बढी कारोबार गर्ने ११ वटा सहकारी छन् । अर्बको कारोबार गर्ने कोशी प्रदेशमा रहेका १४ वटा सहकारीमध्ये झापामै ११ वटा छन् भने मोरङ दुई र सुनसरीमा एक वटा छ । ती एघार वटामध्ये पाँच वटा गत २०८२ असार मसान्तसम्मको वित्तीय कारोबार यहाँ प्रस्तुत गरिएको छ । सहकारी संस्थाहरुले जारी गरेका २०८२ असार मसान्तसम्म अपरिस्कृत विवरणका आधारमा यो सामग्री तयार परिएको छ । सहारा नेपाल साकोससहारा नेपाल साकोसले जारी गरेको आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार १ लाख ९२ हजार २४० जना सदस्य रहेका छन् । बाह्य ऋण शून्य…

Read More

झापा, १९ साउन । झापा जिल्लाको दमक नगरपालिका–२ बेलडाँगीस्थित वन कार्यालय छेउमा गएराति जंगलबाट आएका दुई जंगली हात्तीले स्थानीय चार घरमा क्षति पुर्‍याएको छ । हात्तीले टंक बहादुर राईको टिनको छाना र टाटीले बेरेको भुइँतले घरको टाटी बेरा भत्काई भित्र राखिएको १ बोरा चामल र १ ड्रम जाँड खाई अन्दाजी १० हजार बराबरको क्षति भएको छ । त्यस्तै, कुल बहादुर चौहान टिनले बेरेको मन्दिर कोठा भत्काई १५–२० झुत्ता मकै खाँदा करिब ५ हजार, चन्द्रकला खड्काको टिनको छानो र टाटी बेरा भएको भान्सा घर भत्काई १ बोरा चामल र ५ केजी दाल खाँदा करिब ५ हजार क्षति भएको छ भने राजु…

Read More

राजेश ढुंगानाराजाको एकतन्त्रीय हुकुमी शासनमा मुलुक चरम निराशामा गएर २०४६ सालमा भएको व्यापक जनआन्दोलन सफल भएपश्चात बहाल प्रजातान्त्रिक शासन व्यवस्थाले नेपाली जनतामा अत्यन्त ठूलो आशा पलाएको थियो – अब मुलुकमा केही हुन्छ र देशले व्यापकस्तरको अग्रगामी फड्को मार्ने छ । यो आशा यसकारण पनि स्वाभाविक थियो कि – ३० वर्षसम्मको राजशाही विरुद्ध नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट एउटा सकारात्मक परिणाम आएको थियो । २०४६ सालको जनआन्दोलन सफल पार्न ३० वर्ष लामो अनेकन् प्रकारका बलिदानीपूर्ण संघर्ष र शहादत समेतको मूल्य चुकाएका छन्– नेपाली जनताले । २०१७ सालमा प्रथम जननिर्वाचित सरकारलाई राजा महेन्द्रले सैनिक शक्तिका बलमा बेदखल गरेर प्रजातन्त्रको हत्या गरेपछिका दिनमा प्रजातन्त्र…

Read More