
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इस्लामाबाद, २ भदौ । पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोका कारण ३०० भन्दा बढीको मृत्यु भएको छ भने २०० भन्दा बढी अझै बेपत्ता छन् । सबैभन्दा प्रभावित खैबर पख्तुनख्वा प्रान्तको बुनर जिल्लामा मात्रै २०९ जना हराइरहेका छन्, र यो सङ्ख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन् । बुनरका उप–आयुक्त कार्यालयका प्रवक्ता जहाँगीर खानका अनुसार उद्धार टोलीले पहिचान हुन नसकेका ८ शव आफैँ गाड्नुपरेको छ । सडकहरू भत्किएका कारण धेरै आफन्तहरूले आफ्ना प्रियजनको शव दाबी गर्न सकेका छैनन् । प्रान्तीय विपद् व्यवस्थापन प्रमुख असफन्द्यार खतकका अनुसार १० देखि १२ वटा गाउँ आंशिक रूपमा पुरिएका छन् । शंगलामा पनि…
चितवन, २ भदौ । कवि तथा संगितकार प्रेम विनोद नन्दनको निधन भएको छ । उनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज भरतपुरमा निधन भएको हो । विसं. २०११ सालमा ‘झटारो’ गितिसंग्रह प्रकाशन गरेका नन्दनका गजल, कविता तथा अन्य काव्य प्रकाशित छन्। उनका गीति संग्रह अञ्जली २०२३, सपनीवाट ब्यूझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐना भित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघु काब्य २०७४ र पत्रम पुष्पम कविता संग्रह २०७७ पनि प्रकाशित छन् । नन्दनले बागिश्वरी, दोभान, मारुनी, गोधुलीलगायतका साहित्यिक पत्रिका पनि सम्पदान गरेका थिए। उनी गायक, संगितकार तथा कलाकार पनि थिए । २०९२ साल जेठ १९ गते तनहुँको वन्दिपुरमा जन्मिएका नन्दनपछि…
राजेश ढुंगानानेपाल राष्ट्रले २०४६ सालमा प्राप्त गरेको प्रजातन्त्र र त्यसपछि ल्याइएको भनिएको गणतन्त्रले मुलुक उन्नतिको मार्गमा बढ्ने छ, खराब कामहरू हुने छैनन् भन्ने नेपाली जनताको आशा र विश्वासमा निर्मम तुषारापात भएको कुरा जति पटक भने पनि पुरानो र गलत हुँदैन । राजेश ढुंगाना मुलुकको यो दुर्भाग्यले हाम्रो सुदूर भविष्यका सयौं वर्षहरूका लागि हाम्रो ३५ वर्षे प्रजातान्त्रिक शासनमा राजनीतिक नेतृत्वले निधारमा कलंकको टीका लगाएको पुष्टि गर्ने कुराको कुनै प्रमाण खोजिरहनु पर्दैन– भावी पुस्ताले नाङ्गा आँखाले स्पष्ट देख्न सक्नेछन् । हाम्रो नेतृत्वको आँखामा नीतिगत अराजकता, भ्रष्टाचार, राष्ट्रदोहनको अर्जुनदृष्टि मात्र भएपछि उसको मस्तिष्कमा कुनै भिजन र रिजन खोज्नु हाम्रो आफ्नै गल्ती, भूल र…
झापा, २ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुासर आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश,बागमती प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भाग लगायत देशको बाँकी पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइ र बाग्मती प्रदेशको पहाडी भु–भागको एक दुइ स्थानमा भारी बर्षाको सम्भावना रहेको छ। त्यस्तै आज राति कोशी प्रदेश…
भद्रपु, २ भदौ । झापाको भद्रपुर नगरपालिका क्षेत्रमा रहेका अधिकांश औषधि पसलमा म्याद गुज्रेका औषधि फेला परेको छ । नगरपालिकाले साउन २८ र २९ गते नगर क्षेत्रका २० वटा औषधि पसल, प्याथोलोजी, क्लिनिक, आयुर्वेद उपचार केन्द्रहरूमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पसलहरूमा म्याद गुज्रिएका औषधि फेला परेको हो । साउन २९ गते भद्रपुर–४ स्थित झापाचोकमा रहेको प्रयसी फार्मेसीमा २८ प्रकारका म्याद गुज्रिएको एक बोरा औषधि फेला परेको थियो भने बिना इजाजत क्लिकिन सञ्चालन गरेको पाइएको थियो । त्यस्तै, भद्रपुर–६ मन्त्रीचोकस्थित दुर्गा माता एक्स–रे मापदण्ड विपरीत सञ्चालन भएको पाइएको थियो । अनुगमन टोलीका अनुसार एक्सरे सञ्चालनका लागि पूर्वाधार मापदण्ड…
सप्तरी, १ भदौ । सप्तरीको कञ्चनरुप–५ पिपरामा गाउँमा आज बिहान करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। मृतकहरू ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी हुन्, इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। प्रहरीका अनुसार स्थानीय महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन खेतमा खुला विद्युतीय तार छाडेका थिए। ती तारमा परेर सरदार दम्पतीको ज्यान गएको हो। उनीहरू आफ्नो घरबाट करिब १५० मिटर पूर्वमा रहेको खेततर्फ जाँदै गर्दा दुर्घटना भएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
शिवसताक्षी, १ भदौ । झापाको शिवसताक्षी नगरपालिका शिवगञ्ज बजारमा बृहत रथ यात्रा निकालिएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६, शिवगञ्जस्थित सनातन धर्म संवर्धन संस्थाको आयोजनामा कृष्ण अष्ठमीको अवसर पारेर भगवान श्रीकृष्णको रथयात्रा निकालिएको हो । रथयात्रा शिवगञ्ज बजारमा रहेको हनुमान मन्दिरदेखि भेलानुनी, कटुवालचौक, जनता चौक, हल्लारचोक, पाथिभरा मन्दिर, दुर्गामन्दिर, शिवालय लगायत प्रमुख मार्गहरू हुँदै पुनः हनुमान मन्दिरमा आएर समापन गरिएको थियो । रथयात्राले धार्मिक चेतना फैलाउने र सामाजिक सद्भाव बलियो बनाउने, पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको सनातन धर्म संवर्धन संस्थाका अध्यक्ष माधव अधिकारीले जानकारी दिनुभयो । रथयात्राका क्रममा नेवा समुदायले लाखे नाच, सन्थाल समुदायले आफ्नो साँस्कृतिक नाच…
इलाम, १ भदौ । इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वय गर्ने तयारी गरेको छ । कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजफ भाषाका रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको बेला माङसेबुङले समेत लिम्बू भाषालाई आधिकारिक कामकाजीको भाषाका रूपमा प्रयोगमा ल्याउन लागेको हो । गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार माङसेबुङमा बहुसङ्ख्यक जनताले बोल्ने लिम्बू भाषा (किरात सिरिजङ्गा लिपिमा लेखिने)लाई कामकाजी भाषाका रूपमा कार्यान्वयनका लागि एक जना भाषिक सहजकर्ता (सहायक पाँचौँ तह) नियुक्त गर्ने तयारी गरिएको हो । यसका लागि आवेदन आह्वान गर्दा छ जनाले आवेदन दिएका छन् । यही भदौ ४ गते (बुधबार) छनोट परीक्षा सञ्चालन…
झापा , १ भदौ । अन्तराष्ट्रिय गुरुङ बुद्धिजम परिषद कोशी प्रदेश अन्तर्गत महिला विभाग र युवा विभागको कार्य समिति गठन गरिएको छ । महिला विभागको अध्यक्षमा शान्ती गुरुङ चयन हुनुभएको छ भने युवा विभागको अध्यक्षमा नरेश गुरुङ चयन हुनुभएको हो । यस सँगै कोशी प्रदेश समितिले पूर्णता पाएको छ । त्यस्तै गरी महिला विभागको उपाध्यक्षमा सावित्रा घले गुरुङ , महासचिवमा टंक कुमारी गुरुङ, सचिवमा दुर्गा देवि गुरुङ, कोषाध्यक्षमा टीका गुरुङ चयन गरिएको छ । महिला सदस्यहरुमा प्रमिला गुरुङ, मन माया गुरुङ, अनिता गुरुङ, पवि माया गुरुङ, मिना कुमारी गुरुङ, चन्द्र कला गुरुङ, रेखा कुमारी गुरुङ, रत्न माया गुरुङ, जमुना गुरुङ,…
सन्तोष शर्माबनियानी, १ भदौ । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिनुभयो । “शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ”, उहाँले भन्नुभयो, “एक साताभित्रै विधिवत…