
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २१ असोज । समुदायमा कोरोना संक्रमण बढ्दै गएपछि झापाको भद्रपुर नगरपालिका तीन दिनका लागि बन्द गरिएको छ । नगरपालिका बोर्डले आजदेखि २३ गते शुक्रबारसम्म प्रशासनिक, फिल्ड लगायत राष्ट्रिय परिचयपत्रका लागि भइरहेको फोटो खिचाउने कार्यसमेत रोक्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले जानकारी दिनुभयो । समुदायमा फैलिँदै गएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सेवाग्राहीको भीड हुने नगरपालिकाको प्रशासनिक काम तीन दिनका लागि बन्द गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो । “भीडभाडले कोरोनाको जोखिम अझै बढ्न सक्छ”, उहाँले भन्नुभयो, “त्यसैले नगरपालिका बन्दको निर्णय गरिएको हो ।” मंगलबार मात्रै भद्रपुरमा एक महिलासहित आठ जना स्थानीयबासीमा कोरोना देखिएको थियो ।
झापा, २१ असोज । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरिएको छ। नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा र झापाको गौरादह नगरपालिकाका १८ वर्षीया तीन युवतीको माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उद्धार गरेका हुन्। उनीहरुलाई माइती नेपालमा राखेको हो। युवतीहरुले आफ्नै साथीले भारतको पानीटङ्कीमा काम लगाई दिने बहाना बनाएर बोलाएकाले जान लागेको बताएका छन्। सोमबार साँझ पानीटङ्कीतर्फ जान सीमामा घुमफिर गरिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो। उनीहरुलाई तत्काल उद्धार गरी काँकडभिट्टामै रहेको माइती नेपालको कार्यालयमा राखिएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जानकारी दिए। कोरोना महामारीमा समेत मानव तस्करहरु सीमा क्षेत्रमा सक्रिय रहेको उनले…
अमेरिकाले २ करोड ३० लाख डलर खर्चिएर एउटा विशेष ट्वाइलेट तयार पारेको छ । महिलाले दिसा पिसाब गर्नका लागि निकै उपयुक्त हुने उक्त ट्वाइलेट कुनै चानचुने ट्वाइलेट होइन । आगमी बिहीबार उक्त ट्वाइलेटलाई अन्तरीक्षमा पठाइँदैछ । झण्डै पौने ३ अर्ब रुपैयाँ लागतको उक्त ट्वाइलेट टाइटानियमबाट बनेको हो । बिहीबार भर्जिनियास्थित वालोप्स टापुबाट प्रक्षेपण गरिने अन्तरीक्षयानमार्फत् सो ट्वाइलेट अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा पुग्नेछ । ४५ किलोग्राम तौल तथा ७१ सेन्टिमिटर अग्लो सो ट्वाइलेटलाई अन्तरीक्ष केन्द्रबाट पछि चन्द्रमामा लगिनेछ । नासाले चन्द्रमामा पठाउने ओरियन क्याप्सुलभित्र सो ट्वाइलेट ठिक्क अटाउनेछ । केही वर्षभित्रमै ओरियन क्याप्सुल नामक यानबाट चन्द्रमामा अन्तरीक्षयान पठाउने नासाको योजना छ ।…
भद्रपुर, २१ असोज । भद्रपुर नगरपालिका क्षेत्रमा पहिलो पटक दुई वटा सहकारी बीच एकीकरण सम्पन्न गरिएको छ । भद्रपुर–९ स्थित एउदै उद्देश्य बोकेका प्रकाश कृषि सहकारी र चन्द्रगढी मूल एकता कृषि सहकारी बीच एकीकरण सम्पन्न भएको हो । सहकारी एकीकरण समितिका संयोजक विष्णुप्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न समारोहमा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले सहकारी ऐन २०७४ को भावना अनुसार दुई सहकारी एकीकरण भएको घोषणा गरेका थिए । मञ्जु पोखरेलले स्वागत गरेको कार्यक्रममा प्रकाश कृषि सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ, एकीकरण विवाद समाधान समितिका संयोजक दुर्गाप्रसाद भट्टराई, सहकारी अभियन्ता वशिष्ठ अधिकारी लगायतले धारणा राख्दै एक व्यक्ति एक सहकारी सदस्य नीति कार्यान्वयन तथा सहकारीमा…
भद्रपुर, २१ असोज । मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना संक्रमणका कारण एक जना शिशुको मृत्यु भएको छ । भद्रपुर–८ का दुई महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोनाको रिपोर्ट आएको थियो । शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो। शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो। स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु अस्पताल प्रशासनले जनाएको छ।
बिर्तामोड नगरपालिकाको प्रस्ताव आह्वान सम्बन्धी सूचना !
बिर्तामोड, २१ असोज । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा स्वाव दिएका थिए । उनको आज विहान कोरोना पोजेटिभ आएको हो । विभिन्न सार्वजनिक कार्यक्रममा सहभागिता बढ्न सक्ने भन्दै प्रमुख पोर्तेलले कोरोना परीक्षण गराएका थिए ।
झापा, २१ असोज । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका छन् । मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो । त्यसमध्ये १६९ जना ५० वर्ष मुनिका छन् । त्यसमा पनि ४० देखि ४५ वर्षसम्मका धेरै छन् । मृत्यु हुनेमा ७० प्रतिहत ५० वर्षमाथिका छन् । ननागरिक दैनिकमा प्रकाशित पवित्रा सुनुवारको समाचारमा नेपालमा ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए । ‘कारणबारे थप अध्ययन हुनुपर्छ,’ उनले भने । ‘कम उमेर छ भन्दैमा ढुक्क हुने अवस्था छैन, रोगसित लड्ने क्षमता कति…
झापा, २१ असोज । व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ । ध्रव दंगालद्वार लेखिएको समाचारमा नेपाली मजदुरमा कोरोना संक्रमण दखिपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको हो । कुनै पनि सामान मंगलबार नाकामा आएनन् । बाढी पहिरोका कारण झण्डै तीन महिना बन्द रहेको नाका सोमबार मात्र सञ्चालनमा आएको थियो । कोरोना सक्रमण रोक्ने सर्तमा दुई देशका अधिकारीबीच गएको मंगलबार नाकाबाट व्यापारिक कारोबार सञ्चालनमा ल्याउने सहमति भएको थियो । सामान ढुवानी र लोड अनलोडमा संलग्न मजदुरमा कोरोना संक्रमण देखिपछि चिनियाँ अधिकारीले तत्काल सामग्री पठाउन नसकिने जानकारी दिएको तोतोपानी…
झापा, २१ असोज । नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपियाँको हाराहारी मात्र रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको राष्ट्रिय आर्थिक गणनाले यस्तो देखाएको हो । हालै सार्वजनिक कर्मचारीको तलब तथा पारिश्रमिकसम्बन्धी एक छुट्टै प्रतिवेदनले देशैभर जागिरेका रूपमा कार्यरत कर्मचारीको मासिक तलब २० हजार ५४३ रुपियाँ रहेको उल्लेख गरेको छ । प्रतिवेदन अनुसार देशभर १७ लाख नौ हजार व्यक्ति विभिन्न सङ्घसंस्थामा तलब पाउने गरी संलग्न छन् । संस्थाको प्रकृति अनुसार मासिक औसत तलबमा पनि व्यापक अन्तर देखिएको छ । ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब…