
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २२ असोज । समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर बन्यो । काठमाडौँको नयाँ बसपार्कबाट देशका करिब ६५ जिल्लामा दैनिक पाँच सय बस नयाँ बाहिरिन्छन् तर बन्दाबन्दीमा यो क्रम रोकियो । यातायात क्षेत्र अति प्रभावित भयो बसपार्क पनि सुनसान भए । बन्दाबन्दी खुले पनि बसपार्कहरूमा पहिलाकै चहलपल अझै फर्किएको छैन । मान्छेको भीड सबै हिसाबले असुरक्षित हुने भएकाले नयाँ बसपार्कलाई अनलाइन टिकट प्रणालीमा लगिँदै छ । बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुद्देश्यीय…
काठमाडौं, २२ असोज । दाङ पहरुवाकी अनिता रैदासले गत असार १४ गते हिमालयन बैंकको घोराही शाखामा १२ लाख रुपैयाँ जम्मा गरिन् । उनले नै त्यसको पर्सिपल्ट असार १६ गते हिमालयन बैंककै तुलसीपुर शाखामा चार लाख रकम जम्मा गरिन्। बैंकका कर्मचारीले उक्त रकमको स्रोत खोजी गर्दै किन जम्मा गर्न लागेको भनेर बुझे। अनिताले पति मध्म रैदास मलेसियामा अपहरणमा परेकाले फिरौती पठाउन लागेको खुलाइन्। उनले त्यत्रो धेरै रकम मोरङको साबिक सुन्दरपुर गाविस–५ घर भएका ४४ वर्षीय दुर्गाबहादुर श्रेष्ठ (डेभिड) को खातामा जम्मा गरिदिएकी थिइन्। त्यसबारे बैंकका कर्मचारीले आफ्नो केन्द्रीय कार्यालयमा खबर गरे। बैंकका उच्च अधिकारीले राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइमा पुर्याए। त्यसपछि…
काठमाडौँ, २२ असोज । उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर भएर जानुपर्ने अवस्था आउन थालेको छ। सशस्त्र प्रहरी बल बलम्बुमा कोभिड बिरामीको लागि जम्मा १ सय २० बेड र २० वटा आइसियु छन्। आइसियु र अन्य बेड सबै भरिभराउ छन्। अस्पतालले यतिखेर लक्षण भएका बिरामी मात्र भर्ना गरेको छ। तर नयाँ भर्नाका लागि पुराना बिरामी डिस्चार्ज हुनुपर्ने अवस्था छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ का बिरामीका लागि रहेका १ सय २९ वेड र २१ वटा आइसियु पनि भरिभराउ…
झापा, २२ असोज । नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् । कैलाली लंकीका खसीबोका व्यवसायी दल्सी साहीले रौतहट बोटव, सिन्धुलीलगायतका खुला नाकाबाट दैनिक ३ सय देखि ४ सय खसीबोका अवैध रूपमा आउने गरेको दाबी गरे । भारतबाट भन्सार छली अवैध रूपमा आएका खसीबोका प्रतिकेजी नेपाली भन्दा सस्तो पर्ने भएकाले पनि नेपालमा उत्पादन भएका खसीबोकाले बजार नपाएको उनको भनाइ छ । खसीबोका व्यवसायी शाहीका अनुसार भारतबाट आयात खसीबोकाको प्रतिकेजी ५ सय ३० रुपैयाँ पर्छ भने नेपालमा उत्पादन भएको…
झापा, २२ असोज । विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि परीक्षा सञ्चालन गर्न बाटो खुला गरिदिएको हो । शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विश्वविद्यालय, विद्यालय तथा आयोगको समेत स्थगित परीक्षा सञ्चालन गर्ने बाटो खुलेको जानकारी दिनुभयो । सरकारको यो निर्णयसँगै अब शैक्षिक संस्था तथा सम्बद्ध निकायले विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा लिन पाउनेभएका हुन् । यसअघि सरकारले भौतिक उपस्थितिमा…
बिर्तामोड, २१ असोज । झापामा आज २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका ६ स्थानीय तहका ५ महिला र १९ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा बिर्तामोड र भद्रपुरका सबैभन्दा धेरै ९–९ जना रहेका छन् । त्यस्तै, अर्जुनधारा, कनकाई र कचनकवलका १–१ जना रहेका छन् । गौरादह नगरपालिकाका ३ जना रहेका छन् । यो सँगै झापामा कोरोना संक्रमितको संख्या ९७८ पुगेको छ भने ८३९ जना उपचार पछि निको भएका छन् । एक शिशुसहित १० जनाको मृत्यु भएको छ । १२८ जना उपचाररत छन् । यस्तो छ स्वास्थ्य कार्यालय झापाको आजको रिपोर्ट–
झापा, २१ असोज । प्रदेश १ मा बुधबार ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ५७ महिला र ८० पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ४ पुरुष, रतुवामाईमा २ महिला १ पुरुष, रंगेलीमा २ महिला १ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, बुढीगंगा र ग्रामथानमा २–२ पुरुष, उर्लाबारी…
झापा, २१ असोज । कोरोनाभाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५ महिला र १० पुरुष गरी थप १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या हालसम्म ५७८ पुगेको जानकारी दिए । काठमाडौंका मृतकमा ४ जना पुरुष रहेका छन् भने २ महिला रहेका छन्य स्तै ललितपुरमा १ जना पुरुषको मृत्यु हुँदा दाङ, सिरहा र रौतहटमा पनि १र१ महिलाको मृत्यु भएको छ । त्यसैगरी मोङमा थप २ पुरुषको पनि मृत्यु भएको छ भने चितवन, रुपन्देही र नवलपरासीमा पनि १र१ जना पुरुषको मृत्यु भएको छ ।
काठमाडौं, २१ असोज । नेपालमा एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४जना रहेका छन् । यससँगै देशभर कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिए । सरकारले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले यो निर्णयलाई निरन्तरता दिन्छ या परिमार्जन गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन । यसैगरी आज संस्थागत आइसोलेशनमा १० हजार ५९६ जना र होम आइसोलेशनमा १४ हजार ४११ जना…
मोरङ, २१ असोज । मोरङ विराटनगर–८ का ४० वर्षीय अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । आज पौने १२ बजे बुढिगंगास्थितमा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथिबाट भुईमा बजारिएका थिए । करेन्टको झड्का लागेर भुईमा बजारिएर गम्भिर घाईते भएका चौधरीको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो सवाँ ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।