झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ४ भदौ । गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको जानकारी दिए। यो व्यापारिक प्रयोजनका लागि रहेको जनाइएको छ। अध्यक्ष लामाले यी भौतिक संरचना के कुराका लागि भनेर थाहा नभएको बताए। आफूले बुझ्न खोज्दा चिनियाँ पक्षका जिम्मेवार अधिकारी सम्पर्कमा नआएको उनको भनाइ छ। लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा तीनवटा भवन २०६६ सालमा निर्माण गरिएको थियो। उक्त क्षेत्र नेपाली भूभाग भए पनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न दिएका छैनन्। तर, चिनियाँ सुरक्षाकर्मी गाडी चढेर नेपाली भूभागमा ओहोरदोहोर गरेको अध्यक्ष लामाले बताए। भवन बनाएको स्थानभन्दा एक किलोमिटर पर १२ नम्बर सीमास्तम्भ…

Read More

झापा, ४ असोज । नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर ६ महिना थप हुँदा तयारी अपुग हुने भन्दै शीर्ष नेताहरू अहिलेबाटै तल्ला तहदेखिका नेता कार्यकर्ता फकाउन र शक्ति देखाउन अघि सरिरहेका छन् । सभापति शेरबहादुर देउवा पार्टीका विभागमा आफु अनुकूलका नेता कार्यकर्ता तलैदेखि भरेर महाधिवेशनको माहोल बनाउँदै छन् । उनले आफूले गठन गरेका विभागहरूमा हाल आएर सदस्यहरूसमेत धमाधम मनोनीत गरिरहेका छन् । सभापति देउवाले आफू पक्षीयबाहेकका तल्ला तहमा प्रभाव राख्ने नेता…

Read More

झापा, ४ असोज । नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमानाका बन्द गरेर असहयोग गरेको हो। चीनले सीमानाका बन्द गर्नुलाई व्यापारीले ‘हेपाहा प्रवृत्ति’ को संज्ञा दिएका छन्। नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनले नेपालसँगको व्यापारमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्नुपर्नेमा उल्टै दुई प्रमुख व्यापारिक सीमानाका बन्द गरेको छ। उसले रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाली व्यापारीलाई अर्बौ रुपैयाँ नोक्सानी भएको छ। सामान आयात–निर्यात बाधा भएको छ। नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव नवराज तिमल्सिना चीनले त्यहाँ उत्पादित सामान सडकमार्गबाट नेपाल ल्याउन असहयोग गरेको बताउँछन्। ‘अर्बौंका…

Read More

भद्रपुर, ४ असोज । नियमविपरीत शैक्षिक वर्षको अन्त्यको टुंगो नलागि झापाका निजी विद्यालयहरूले चालु रहेका कक्षा–११ का विद्यार्थीलाई कक्षा–१२ को भर्ना गराएर अध्यापन थालेका छन् । नियम मिचेर केही विद्यालय सञ्चालकहरूले कक्षा–११ को परीक्षाको टुंगो नै नलागी कक्षा–१२ पठनपाठन गर्ने भन्दै भर्ना अभियान सुरू गरेको पाइएको हो । शिक्षा मन्त्रालयले कक्षा–११ सम्मको नयाँ भर्ना तथा अभिलेखीकरण गर्न विद्यालयहरूलाई अनुमती दिएको भए पनि अनुमति नै नदिएको कक्षा १२ भर्ना अभियान समेत सुरू गरेको भए पनि स्थानीय तहका शिक्षा शाखा बेखबर रहेको पाइएको छ ।

Read More

भद्रपुर, ४ असोज । संविधान दिवसको अवसर पारेर भद्रपुर जेसीजले भद्रपुरको सगरमाथा चौकमा दीप प्रज्वलन गरेको छ । भद्रपुर जेसीजका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरू निरज पोखरेल, अभिषेक ढुङ्गाना, निवर्तमा अध्यक्ष अनुज खतिवडा लगायत सदस्य तथा पदाधिकारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन महासचिव जखिलनाथ पाण्डे निकासले गरेका थिए ।

Read More

अर्जुनधारा, ३ असोज । नेपाल विद्यार्थी संघ अर्जुनधारा नगर कमेटीले संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । शनिवार साँझ शनिशचरे बजारस्थित जेष्ठ चैतारी परिसरमा नेपालको अंकित नक्सा सडकमा कोरेर दिप प्रज्वलन गरि संविधान दिवस कार्यक्रम गरिएको नगर सभापति दिपेन धिमालले बताए । कार्यक्रम पुर्व मन्त्री केशव कुमार बुढाथोकी ,नेपाली काङ्ग्रेस तरुण दल बिभाग्य केन्द्रीय सदस्य मदन बुढाथोकी, महा अधिवेशन प्रतिनिधि मोहन सुब्बा , जिल्ला सहसचिव मिलन चापागाईं, जिल्ला सदस्य इसान पौडेल लगाएतको उपस्थिति रहेको थियो । आज असोज ३ गते संविधान दिवसको अवसरमा देशैभरि दीप प्रज्वलन गरी मनाइँदैछ ।

Read More

काठमाडौँ, ३ असोज । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना हुनुभएको थियो । महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज’ हुनुभएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो । महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिनुभएको छ । यस्तै, आफ्नो स्वास्थ्य अवस्थाबारे आम जनतामाझ जानकारी गराउने पत्रकार तथा आफ्नो उपचारमा सङ्लग्न डा विश्वनाथ कोइरालालगायत चिकित्सक टोलीलाई समेत धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो…

Read More

काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले जुम्लामा अनसनरत डा.गोविन्द केसीको माग सुनुवाइ गर्दै कर्णालीको आवाज समेत सम्बोधन गर्न सरकारसँग माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको जुम्लामा अनशन बसेको एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको बिषयलाई काँग्रेसले गम्भीरतापूर्वक लिएको बताए । ०७५ साउन १० गते प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसँग सरकारले गरेको सम्झौता त्यही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहो-याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि काँग्रेस सरकार समक्ष माग गरेको छ । अनशनरत डा. केसीसँग संवाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउँदै जायज मागहरु पूरा गर्ने दिशामा तत्काल…

Read More

बिर्तामोड, ३ असोज । झापा आज तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका–२, ५ र ६ नम्बर वडाका २५, ३१ र ५४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये दुई जना स्थानीय रहेका छन् भने एक जना भारतबाट आएका रहेका छन् ।

Read More

झापा, ३ असोज । बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए । यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए । कोरोनाबाट थप ११ जनाको…

Read More