झापा, २० साउन । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणमा देखिएको समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधि सहभागी टोलीले मंगलबारदेखि नै काम सुरु गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो।

निगमले उपभोक्तालाई झन्झटरहित रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले टोली गठन गरिएको जनाएको छ। साथै, ग्यासको आयात नियमित भइरहे पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या देखिएको स्वीकार गरेको छ।
Facebook Comments Box



