
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ असोज । कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ, असार र साउनमा थप २५ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । तर, भदौमा मात्रै थप ३१ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ । जेठमा ५ हजार ४ सय ७७, असारमा १० हजार ९ सय ६६ र भदौमा ३१ हजार ८१ संक्रमित थपिएका थिए । यो तथ्यांकले संक्रमणको दर अत्यधिक रूपमा बढ्दै गइरहेको संकेत गर्छ । परीक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या बढी देखिएको…
झापा, ३ असोज । आज असोज ३ । अर्थात्, संविधान दिवस । ३ असोज २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएको अवसरमा घरघरमै संविधान दिवस मनाइने भएको छ । सरकारले संविधान दिवसका अवसरमा शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाउने निर्णय गरेको हो । संविधान बनेपछि त्यसको कार्यान्वयनका लागि धेरै कानुन बनेका छन् । तर, कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा संविधान दिवस मनाउनुको औचित्यमाथि नै बारम्बार प्रश्न उठिरहेको पाइएको छ । संविधान कागजी रूपमा मात्रै बनाइएको नभई मुलुकमा राजनीतिक स्थिरता, शान्ति, प्रगति, सुधार तथा परिवर्तनको आभास दिन बनाइएकाले सरकार र राजनीतिक दलले सोहीअनुसार आफूलाई केन्द्रित गर्नुपर्ने माग…
झापा, ३ असोज । असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो। शुक्रबार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि नियमित उडान गर्न भनेको हो। वायुसेवा संचालकहरूले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्ने अडान लिएपछि मन्त्रालयले पुरानो निर्णय सच्चाउँदै पूर्ण क्षमतामा जहाज उडाउन अनुमति दिएको हो।पर्यटन सचिव सचिव केदार बहादुर अधिकारीले उपलब्ध यात्रु बोक्न पाउने गरी उडान भर्न वायु सेवा संचालकलाई अनुमति प्रदान गरिएको बताए। मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज पाँच गतेदेखि…
झापा, ३ असोज । सरकारले कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवाका सबै प्रक्रिया रोक्का गरेको छ । यही आगामी २४ असोजमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने भएकाले सो अवधिसम्म अधिकृतसम्मका सबै कर्मचारीको सरुवा रोक्का गरिएको हो । सो निर्वाचनमा मतदाताका रूपमा कार्यालय सहयोगीदेखि अधिकृतसम्मका कर्मचारी रहन्छन् । त्यसैकारण उनीहरूको सरुवा रोकिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै १ असोजदेखि २४ असोजसम्म सरुवा तथा काजसम्बन्धी सबै प्रक्रिया रोक्का गरिएको जानकारी दिएको हो । सो सूचनाअनुसार उपसचिवदेखि सचिवसम्मको सरुवा प्रक्रिया भने रोकिनेछैन । कानुनतः उपसचिवदेखि सचिवसम्मका कर्मचारीलाई ट्रेड युनियन अधिकार छैन त्यसैले उनीहरूले निर्वाचनमा भाग लिन…
काठमाडौँ, ३ असोज । सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताउनुभएको छ । संविधान दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवाद सिर्जना हुन नदिनेतर्फ सचेत बन्नुपर्नेमा जोड दिनुभएको छ । “संविधानअनुरुप निर्माण भएका ऐनका नियमावली निर्माणमा ढिलाइ भएको गुनासा सम्बोधन गर्नुपर्ने छ, कानून बन्ने तर नागरिकले प्रतिफल प्राप्त गर्न नसक्ने अवस्था आउन नदिनेतर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छु”, सन्देशमा उहाँले भन्नुभएको छ । सभामुख सापकोटाले आजको विशेष दिनले सबैलाई संविधानको मर्म र भावनानुसार काम गर्न प्रेरणा मिल्ने पनि विश्वास…
काठमाडौँ, ३ असोज । संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका छन् । अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, भारत, गणतन्त्र कोरिया, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, लग्जेम्बर्ग, मालदिभ्स, म्यान्मा, नेदरल्याण्ड्स, निकारागुवा, फिलिपिन्स, पोल्याण्ड, कतार, रुसी महासङ्घ, साउदी अरेबिया, थाइल्याण्ड, टर्की, श्रीलङ्का र स्विट्जरल्याण्डका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई राष्ट्रिय दिवसका अवसरमा बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
झापा, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी मिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गर्नुभएको हो । नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई…
झापा, ३ असोज । सर्वाधिक चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ । कोरोना प्रभावका कारण भारतमा खेल सम्भव नभएपछि आजदेखि यू ए ईमा खेल सुरु हुन लागेको हो । प्रतियोगितामा भारतका आठवटा फ्रेन्चाइज क्लबहरु सहभागी हुँदै छन् । प्रतियोगितामा मुम्बई इन्डियन्स, चेन्नई सुपर किङ्ग्स, रोयल च्यालेन्जर्स बैँग्लोर, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, कोलकत्ता नाइट राइडर्स, किंग्स इलेभेन पञ्जाब र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन् । खेल यू ए ईका मुख्य तीन सहर दुबई, आबुधाबी र शारजहाँमा हुनेछ । आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र तीन पटकको आई पी एल विजेता चेन्नई सुपर…
काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सम्बोधनमार्फत उहाँले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिनुहुने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ । रासस
भद्रपुर, २ असोज । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको माग सम्बन्धमा शिक्षा शाखा भद्रपुरको संयोजनमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । विद्यालय सञ्चालनमा आउनु पूर्व तीन महिनाको तलव भुक्तानीको एक सूत्रीय माग राखेर भदौ १७ गते प्याब्सन, एन प्याब्सन तथा नगरमा सञ्चालित विद्यालयलाई १५ दिने अल्टिमेटम दिएर आन्दोलित युनियनको माग नेपालमै नभएको माग भन्दै प्याब्सन जिल्ला अध्यक्षले व्याख्या गरेपछि वार्ता विना निष्कर्ष टुंगिएको हो । वार्तामा नगर अध्यक्ष द्रोण अधिकारीले २०७७ बैशाख यता ३ महिनाको खाइपाई आएको तलव आफ्नो माग रहेको प्रस्ताव गरेपछि भद्रपुर नगर अध्यक्ष डिल्ली दुलालले विद्यालय सहज रूपमा सञ्चालन भए त्यस अवधिको तलव…